छेडागाड र नलगाडमा गठबन्धनको अग्रता


छेडागाड । जिल्लाको छेडागाड नगरपालिकामा गठबन्धनको अग्रता रहेको छ । गठबन्धन बाट नगरप्रमुखका उम्मेदवार रत्न खड्काले १ सय १७ मत प्राप्त गरेका छन् । २०० मतको गणना गर्दा खड्काले अग्रता कायम गरी रहेका छन् ।
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार लालबहादुर महताराले ५० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा सत्ता गठबन्धनका चन्द्रबहादुर थापाले ९७ मत प्राप्त गरेका छन्् भने एमाले बाट उपप्रमुखका उम्मेदवार अन्जु थापाले ४६ मत प्राप्त गरेकी छन् । वडा नं १ को मत गणना भईरहेको छ ।

यस्तै, जिल्लाको नलगाड नगरपालिकाको वडा नं. १ र १३ का एक हजार मत गणना गर्दा तीन सय आठ मत बदर भैएका छन् । जस मध्ये ४ सय ८४ मत गठबन्धनका उम्मेदवार डम्वर बहादुर रावतले, १ सय ७२ मत नेकपा एमाले बाट नगर प्रमुखका उम्मेदवार धन बहादुर शाहीले प्राप्त गरेका छन् भने नगर प्रमुखका स्वतन्त्र उम्मेदवारले ६६ मत प्राप्त गरेका छन् ।  ८३ मत बदर भएका छन् ।

नगर उप प्रमुखबाट गठबन्धन उम्मेदवार सरिता सिहंले ३ सय ८८ मत प्राप्त गरेकी छन् । नेकपा एमालेकी उम्मेदवार सरिता बोहोराले १ सय १४ मत प्राप्त गरेकी छन भने स्वतन्त्र उम्मेदवार २६ प्राप्त गरेकी छन् । यस्तै २२५ बदर भएका छन् ।

तपाईको प्रतिक्रिया