भेरीमा एमालेको अग्रता, नलगाडमा गठबन्धन, छेडागाडको आउँदै

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा नेकपा एमालेले अग्रता लिईरहेको छ । ६ सय मत गणना हुदाँ नेकपा एमाले बाट नगरप्रमुखका उम्मेदवार चन्द्रप्रकाश घर्ती ( सिपी) ले २ सय ४५ मत पाएका छन् । यस्तै, गठबन्धनका उम्मेदवार गगनबहादुर खड्का ( जीवन)ले २३३ र एकीकृत समाजवादीका उम्मेदवार कमानबहादुर खड्काले ७६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार दीपेन्द्र शाही ( डिएन)ले ४ मत पाएका छन् । उप प्रमुखमा भने गठबन्धनका उम्मेदवार सीता गौतमले ३०९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी उम्मेदवार सावित्री चन्द्रले २५२ मत प्राप्त गरेकी छन् ।

यस्तै नलगाड नगरपालिकामा गठबन्धन नगर प्रमुखका उम्मेदवार डम्बरबहादुर रावतले अग्रता कायम राखेका छन् । रावतले हाल सम्म २१८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उप प्रमुख सरिता सिंहले १३८ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेमा नगर प्रमुखका उम्मेदवार धर्मबहादुर शाहीले ५१ र उपमेयरका उम्मेदवार सुनिता बोहराले ४५ मत ल्याएकी छन् । भेरीमा वडा नं १३ र नलगाडमा वडा १ को मत गणना भईरहेको छ । छेडागाड नगरपालिकामा मध्यान्ह १२ बजे देखि मत गणना सुरु गरिए त्यहाँको जानकारी आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया