भेरीमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै

जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा नगर प्रमुखमा गठबन्धनले अग्रता लिएको छ । भेरी नगरपालिका वडा नं १ र १३ को ११ सय मत गणना गर्दा गठबन्धनका नगरप्रमुख उम्मेदवार गगनबहादुर खड्का ( जीवन)ले ४४१ मत ल्याएर अग्र स्थानमा छन् । खड्कालाई नेकपा एमालेका चन्द्रप्रकाश घर्तीले पछ्याई रहेका छन् ।

घर्तीले ३ सय ७५ मत प्राप्त गरेका छन् । नेकपा ( एकीकृत समाजवादी) का नगर प्रमुख पदका उम्मेदवार कमानबहादुर खड्काले १७८ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनकी सिता गौतले ४७७ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा ( एमाले) की उपमेयरकी उम्मेदवार सावित्री चन्दले पछ्याईरहेकी छन् । उनले ४७७ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया