
जाजरकोट । बन तथा वातावरण तथा गृहमन्त्री समेत भैसकेका माओवादी केन्द्रका नेता शक्ति बस्नेतलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्न भ्याईनभ्याइ थियो । बिहान उज्यालो भए देखि बेलुका सम्म उनी चुनावी सभालाई सम्बोधन गर्न,मतादाता भेट्न र भोट माग्नमै बेस्त देखिन्थे। बस्नेत आफ्नो क्षेत्रमा माओवादीका उम्मेदवारलाई जिताउन भनेर घुडा धसेरै लागिपरेको देखिन्छ।
तर,उनकै गृह पालिका भेरिमा आफ्ना उम्मेदवारलाई जिताउन हम्मे हम्मे पर्ने देखिन्छ।यस पालिकामा १३ वडा छन । स्थानीय निर्वाचन २०७४ सालमा उनको गृह वडा र ५ न वडामा मात्र माओवादीले जित हासिल गरेको थियो । अरु वडामा भने एमाले र काङ्ग्रेसले जितेको छ।
२०७४ सालको चुनावमा उनको पार्टीबाट नगर प्रमुखमा ढकबिर रानाले उम्मेदवारी दिएका थिए। तर रानाले चुनावमा हार बेहोर्न पर्यो।रानाले ३ हजार ४ सय ११ मत ल्याएर हार बेहोर्नु परेको थियो । यस पालिकामा एमालेबाट नगर प्रमुखमा चन्द्र प्रकाश घर्तीले ४ हजार २ सय ९२ भोट ल्याएर जित हासिल गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसबाट सनत कुमार कार्किले ३ हजार ७ सय ४७ मत ल्याएर पराजय भएका थिए।स्थानीय चुनाव २०७४ मत परिणाम नियाल्दा एमाले पहिलो,काङ्ग्रेस दोस्रो र माओवादी तेस्रो भएको देखिन्छ।
गृह पालिका भए पनि जनसङ्गठन बलियो नभएको हुदा उम्मेदवारलाई जिताउन हम्मे हम्मे पर्ने देखिन्छ। तर, पनि हामी जित्छौ भनेर मैदानमा र जनताले जिताउन पर्छ भनेर बस्नेत आफै घरदैलो अभियानमा लागेका छन।
आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन। नेकपा माओवादीको तर्फबाट नगर प्रमुखमा गगन खड्का ९जीवन० ले उम्मेदवारी दिएका छन भने उप नगर प्रमुखमा नेपाली काङ्ग्रेसबाट नगर उप प्रमुखमा सीता गौतमले उम्मेदवारी दिएकी छिन। नगर प्रमुखको पदमा एमालेबाट पुर्व नगर प्रमुख चन्द्र प्रकाश घर्ती र गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका नेता गगन खड्का (जीवन) को खरो प्रतिस्पर्धा हुने देखिन्छ।
















































। २८ बैशाख २०७९, बुधबार