
नलगाड । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाह र जाजरकोट जिल्ला सभापति वेदराज सिंहलाई नलगाडमा कालो झण्डा देखाउँदै स्थानीयले लखेटेका छन् । काँग्रेस बाट गठबन्धनका विरुद्ध वागी उम्मेदवारी दर्ता गराएका विनबहादुर सिंहको नेतृत्वमा चुनावी लक्षित कार्यक्रमलाई सम्बोधन गर्न गएका उनीहरुलाई कालो झण्डा देखाउँदै लेखेटेका हुन् ।
नलगाड नगरपालिका स्थित कालीमाटी बजारमा रहेको उत्तम होटेलमा करिव पाँच घण्टा जति घेराउ गरेका थिए । काँग्रेस भित्र टिकट वेचविखन भएको भन्दै कालो झण्डा देखाएर उनीहरुका विरुद्ध नारा, जुलुस गरी लखेटेको बताईएको छ । जुलुस नियन्त्रण गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, म्यादी प्रहरीको उपस्थिति रहेको थियो ।
















































। २७ बैशाख २०७९, मंगलवार