रमेश अधिकारी, जाजरकोट । नेपालीहरूको महान चाड होलिको अवसरमा भएको भलिवल खेलको उपाधी यूवा संघको पोल्टामा परेको छ ।
आइतबार छेडागाड नगरपालिकाको दशेरामा सञ्चालन भएको खेलमा छेडागाड न. १२ को यूवा संघले आफ्नो पोल्टामा पारेको हो । यस्तै छेडागाड नगरपालिका ३ को एकता यूवा क्लव दास्रो र तेस्रो मनघाट विजयी भएको बताइएको छ ।
दशेरामा रहेको जनप्रिय माद्यामिक विद्यालयको प्राङ्गणमा भएको खेलमा क्रमश, प्रथम हुनेले नगद बीस हजार प्राप्त गरेको छ । दृतिय हुनले ,१५ हजार र तृर्तियले १० हजार नगत हात पारेका छन् । ्
नगरपालिका स्तरमा लुकेर रहेका खेलाडीहरुको पहिचान गर्न र खेलाडीहरुलाई थप हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष धनबहादुर थापाले जानकारी दिए ।
नगरपालिकाको खेल क्षेत्र विकासको लागि यस्ता कार्यक्रमहरु कलबले बेलाबेलामा संचालन गर्ने गरेको एकता युबा कलबका अध्यक्ष पुर्ण आकाश थापाले एचपीखबरलाई जानकारी दिए ।
नगरपालिका स्तरिय भलिबल प्रतियोगितामा नगरपालिकाका विभिन्न वडा बाट ८ वटा टिम सहभागी भएका थिए । दशेरामा रहेको एकता युबा क्लवको आयोजनामा खेल सञ्चालन भएको थियो ।
















































। २७ फाल्गुन २०७६, मंगलवार