अवैध काईनेटिक ढुंगा सहित एक जना पक्राउ


जाजरकोट । अवैध काईनेटिक ढुंगा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जुनीचाँदे गाउँपालिका ६ गर्खाकोटका २२ बर्षका सुरत सिंहलाई पक्राउ गरिएको हो ।

विहीबार प्रहरी चौकी छेडाबजारले सवारी साधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका १ छेडाबजारमा झोलाको प्लास्टिक भित्र काईनेटिक ढुंगा (पत्थर) जस्तो ९ के.जि. ५ सय ४५ ग्राम फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ च ०४९६ नंम्वरको बोलेरो पिकअप जीपमा सवार भई आएका सिंहलाई आवश्यक कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत भुकम्प मापन केन्द्र वीरेन्द्रनगर सुर्खेतमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया