
जाजरकोट । हावाहुरीले जिल्ला अदालत जाजरकोटको छ कोठे भवनको छानो उडाएको छ । शुक्रवार रात्ती करिव ९ बजे देखि चलेको हावाहुरीले अदालतको छ कोठे भवनको छाना उडाएको अदालतका निमित्त श्रेस्तादार शुशील आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार, जस्ता पाता, कम्यूटर, विद्युत, ईन्टरनेट, टिभी भएका कोठामा समेत क्षति पुगेको छ । लेखा शाखा,सुरक्षा व्यारेक, मेलमिलाप कक्ष, श्रेस्तादार र तहशिल दासको निवासमा क्षति पुगेको बताईएको छ । हावाहुरीले २० लाख भन्दा बढीको क्षति भएको जनाईएको छ ।
















































। १७ बैशाख २०७९, शनिबार