हरपल सन्तानको खुशी हेर्न चाहने, कति महान मेरी आमा !

गणेश रावत

No description available.

आमा शब्द एक पवित्र शब्द हो । संसारमा कुनै चिज छैन जसलाई आमाको माया सँग तुलना गर्न सकिन्न । निस्वार्थ मायाको खानी हुन् आमा । आमाको महिमा कुनै शब्द अनि कुनै भनाइले प्रष्ट्याउन सकिदैन् । साच्चै कुनै हरफले आमाको वर्णन गर्छ भन्नु विल्कुलै असम्भव हो ।

आज आमाको मुख हेर्ने दिन मैले मेरी आमालाई सम्झेको छु । आज समय परिस्थितिले घर देखि टाढा छु । आमा तिम्रो काख छोड्ने रहर कहाँ हो र ? घरको अबस्था अनी हजुरहरुको खुशी किन्न टाढा भएको छु । आमा तिम्रो ऋण कहिले तिर्न सक्ने छैन् । हरपल आमा हजुर मेरो तन मनमा हुनुहुन्छ । आमाको मुख हेर्ने दिनमा मात्र हैन आमा म हजुर लाई सधै सम्झने गर्छु ।

अरुदिन आमा सँग बोल्न हिचकिचाउने , तुच्छो बोली बोल्ने सन्तानले पनि आजको दिन आमाको फोटो अपलोड गर्दै माया गरेको नाटक गर्छन् । माया कुनै एक दिन मात्र लाग्ने अनि बाँकी अरु दिन नलाग्ने कदापी हुन सक्दैन आमा । म आग्रह गर्न चाहान्छु, त्यस्ता सन्तानहरु जो आमालाई रूहाउँदै आजको दिन आमाकै नाममा नानाथरी लेख्दै फोटो हाल्ने गर्छन् । त्यो अवश्य तपाईलाई पनि आउँछ । एक दिन सबै बाबा, आमा, भाउजू , दाइ ,दिदीबहिनी हुनै पर्छ । यो एउटा चक्र हो ।

त्यसैले आमा एउटा नारी हुन् । जो आफ्नो घरका बाबा , आमाको न्यानो काख छोडी बिहे गरी दिदीबहिनीहरु माइतीबाट नयाँ संसारमा जोडिन पुगेका हरेक हिन्दू चेलीहरुलाई एक गराउने अनि माइतीको आँगनमा पाइला राख्ने सौभाग्य दिन्छ । यो दुनियाँ र संसारको सबैभन्दा राम्रो अनि सुरक्षितस्थल आमाको काख नै लाग्छ ।

आफुले खाइ नखाई सन्तानको लागि बचाएर राख्नुहुन्छ । आजको यस समयले अधिकांश सन्तानलाई आमा शब्द आफैमा एक पूर्ण शब्द जस्तो लाग्छ । आमाको त्याग तपस्या अनि ममता हरेक सन्तानको लागि अमूल्य हुन्छ । त्यो ममताको यस्तो स्रोत हो जुन मुल पानी जस्तै ।

जबसम्म आमा भौतिकरूपमा संसारमा जगमगाइ रहन्छिन तबसम्म हरेक सन्तानले अटुट ममताको आनन्द महसुस गर्न पाइरहन्छन् । जन्मदेखि नै पाएको आमाको मायाले नै सन्तानलाई यस दुनियाँमा जिउन सिकाउँछ । सन्तानको हरेक सफलतामा आमाको ममता आधार बनेर खडा हुन्छ ।

आफुले खाई नखाई मलाइ हुर्काउनु भयो । यो सुन्दर दुनियाँ देखाउँने मेरी आमा कति महान हुन् । म वर्णन गर्न सक्दिन् । तर विडम्वना आजको यस समयमा आमाप्रति सन्तानको माया घटेको हो कि भन्ने आवाजहरु यत्रतत्र गुन्जिन थालेका छन् । कहिले लाग्छ । आमाहरुलाई वृद्धा आश्रम राखेर आफु घरमा रमाएको ।

सन्तानबाट जति माया आमाबाबुले पाउनुपर्ने हो, त्यही माया सन्तानले दिन सकिरहेका छैनन् । जब बुढेशकाल लाग्छ बाबु र बुढी आमा सन्तानबाट हेला अनि अपमानित हुनुपरेको समाचारहरु पनि धेरैजसो आइरहन्छन् । म विन्ती गर्छु आमा महान एउटा नारी हुन् । अपहेलना नगर्नु होला । आफुले पनि बुढेसकालमा त्यस्तै भोग्नुपर्ने दिन आउन सक्छ ।

तपाईको प्रतिक्रिया