
कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाको भेरीनगरपालिका ४ बोहोराकी पुर्णिमा चन्द तरकारी खेतीमा व्यस्त छिन् ।
उनी तरकारी खेती गर्ने किसान मात्र होइनन् विद्यालयमा पढाउने शिक्षक पनि हुन ।
२०६३ सालमा अनौपचारिक रुपमा तरकारी खेतीमा आधारित भएकी पुर्णिमाको त्यतिवेला तरकारी खेतिले परिवार धान्नै मुस्किल हुन्थ्यो ।
सुरुमा तरकारी खेती गर्दा कमाई नहुने भएकोले तरकारी खेती नगर्ने सोच जागेको उनले तितो अनुभव सुनाइन् । ०६३ साल देखि ७३ साल सम्म परिवार पाल्नका लागि खेतिपाती गर्ने चन्द परिवार ।
२०७३ सालमा जिल्ला कृषि विकास कार्यालयको सहयोगमा गहुँको पाठशाला बाट औपचारिक रुपमा तरकारी खेतिमा लागेको चन्द परिवार । अहिले सिंगो परिवार नै तरकारी खेतिमा जमेको छ ।
कृषि विकास कार्यालयले उनको परिवारलाई अनुदान मात्र दिएन, कार्यालयलका कर्मचारीले तरकारी खेती गर्ने सीप, खेतमै पुगेर दिए ।
त्यसपछि उनी विद्यालय अध्यापन सकेपछि साँझ विहान खेतबारीमा नै रम्ने गरेको बताइन् । उनले भनिन्र्, कृषि विकास कार्यालयका कर्मचारीहरुले हामीले धेरै सिकाउनुभयो ।”
पहिले काढेर परिवार पाल्ने उनको परिवारले विस्तारै टमटर खेती बाट चार महिनाको ३७ हजार कमाई हुने गरेको उनले जानकारी दिइन । टमटर खेती संगै उनको ५ रोपनी जग्गामा २ रोपनीमा खाद्यान्न बाली र बाँकी ३ रोपनी जग्गामा विभिन्न किसिमका मौसमी तथा वेमौसमी तरकारी मिश्रित गरेर लगाएको उनले बताइन ।
उनी आफु मात्रै हौइनन् उनका श्रीमान रामबहादुर चन्द पनि खेतबारी व्यस्त देखिन्छन् । पुर्णिमाले भनिन्र्, मैले एकलै सोच गरेको भए केही पनि हुने थिएन ।’र्, मेरो श्रीमानले पनि म विद्यालय भएको वेला पानी लगाउने,गोडमेल गर्ने, तरकारी बेच्न काममा ठुलो सहयोग गुर्नुहुन््छ ।’
त्यसैले यो स्थानमा आएका हौ ।” परिवार पाल्नका लागि ऋण काढ्ने उनको परिवार, अहिले परिवार पाल्ने,छोरीछोरी पढाउने तरकारी खेती बाटै उपलब्ध गराउँछन् । तरकारी खेती गरेर छोराछोरीलाई ुसाधारण स्कुल होइन, छोरालाई प्राविधिक लाइन,र छोरीलाई आइ.एस.इ.जी. पढाईरहेकी छन् । घर खर्च,छोराछोरीलाई पढाई बार्षिक २ लाख कमाई हुने उनले बताइन ।
विस्तारै तालिम प्राप्त गर्ने क्रममा जाजरकोटमा सञ्चालित एकिकृत शत्रुजीव व्यवस्थापन (क्ष्एःै बाट पनि तालिम प्राप्त गर्दै तरकारी खेतिमा उनको आर्कषन झनै बढेको छ । क्ष्एः अनुसार उनको बारीमा बेमौसमी तरकारीहरु जस्तैः लौका,करेला,भिन्डी,क्राक्रा, बोडी,सिमी,फर्सी प्राविधिक तरकारीले लगाउन सिकाएको कृषि प्राविधक सुनिता विकले बताइन ।
जाजरकोट जिलामा तरकारी खेती गर्दै ,सफता प्राप्त गरेको चन्द परिवारका लागि भने बजार चुनौती पुर्ण बनेको छ । पुर्णिमाले भनिन् र्, बजारमा साहुहरुले हामीले तोकेको मुल्यमा होइन उनीहरुले आफ्नै मुल्य लागु गर्छन ।’, विक्रिका लागि बजार लिएको तरकारी घर ल्याउने कुरै भएन , कहिले होला वास्तविक मुल्यमा तरकारी बेच्ने उनले दुखेसो पोखिन् ।
पुर्णिमा चन्द जस्तै जाजरकोट जिल्लामा तरकारी खेतीमा आर्कषित कृषकका लागि समयमै तालिमको व्यवस्था, र कृषि सम्बन्धी ज्ञान दिँदा सफलता प्राप्त गर्न धेरै समय कुर्नै पर्दैन । नेपालमा केही हुदैन् भनेर विदेश जानेहरुका लागि पुर्णिमा एक सफल पात्र हुन । स्थानीय सरकारले पनि बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यक देखिन्छ ।

















































। २७ फाल्गुन २०७६, मंगलवार