
रेशमबहादुर खड्का, जाजरकाेट ।
पछिल्लो समय कर्णाली प्रदेश सरकारले बिभिन्न बिकास निर्माणको नाममा करौडौं बजेट बिनियोजन गरि खर्च गरेको छ ।
तर गाउँ बस्तीमा पठाएका बिकास निर्माणको प्रभावकारी अनुगमन हुन नसक्दा हरेक बजेट दुरुपयोग हुदै गएका छन । पछिल्लो समय कर्णाली प्रदेश सरकारको अर्थ समितिले प्रदेशका १० ओटा जिल्लामा बिकास निर्माणको निग्रानी बढाएको छ । प्रदेश सरकारवाट विनियोजन गरेको बजेटको काम कसरी भैरहेको छ बुझनको अर्थ समिति स्थलगत पुग्न सुरुगरेको छ । प्रदेशका सबै जिल्लामा भैरहेको विकास निर्माणका आयोजनामा पहुँच वालाको हाबि भएको गुनासो अनुसार कर्णाली प्रदेश सभाको अर्थ समितिले अनुगमनलाइ अगाडि बढाएको समितिका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।‘
विकासको अनुगमन हुन्छ त्यसका आधारमा मूल्यांकन गरिन्छ’ अर्थ समितिका अध्यक्ष थापाले भने । हामीले सबै जिल्लामा पुगेर विकास निर्माणमा भएको प्रगतीको आधारमा सम्बन्धीत मन्त्रालयको ध्यानाकषर्ण गराउछौं । धेरै आयोजना सर्वाेत्कृष्ट छन् केही पास मात्रै हुने खालका रहेकाले त्यसको वास्तविक रुपमा बाहिर ल्याउने थापाको भनाइ छ । विकासको लागि रकम दिनु मात्रै ठूलो कुरा नभएको बजेटको परिणाम आउनु पर्नेमा थापाले जोड दिए ।
जाजरकोट पुगेका समितिका अध्यक्ष थापा सहितको टिम जिल्लाको नलगाड,भेरी नगरपालिकामा सञ्चालन भएका बिभिन्न आयोजनाको स्थलगत अनुगमन गरेका थिए । प्रदेश सरकारबाट पैसा बिनियोजन हुनु पैसाको नियमन गर्ने भरपर्दो निकाय नहुदा सरकारी बजेट दुरुपयोग हुदै गएको उनको भनाई छ । जिल्लाहरुमा भैरहेको कार्यहरुको प्रगती विवरणसँगै ग्रामीण भेगमा भएको विकासको मोडल हेरिएको अध्यक्ष थापाले बताए ।
अहिले प्रदेश सरकारले बजेट संगै नियमन पनि गर्न थालेपछि जनतामा उत्साह पाएको अर्थ समिति कर्णाली प्रदेशका सदस्य बिर बहादुर शाहीले बताए । धेरै जसो जिल्लाहरुमा आवश्यकता लाई मध्यनजर गरेर बजेट हालेको तर काम निराश जनक भएको समितिका सदस्य शाहीले बताए । सरकारले तल्लो स्तरका जनताका लागि बिनियोजन गरेको बजेट कार्यान्वयन राम्रो हुनका लागि प्रदेशबाट बिनियोजित रकमको कामहरु अनुगमन भएको शाहीको भनाइ छ ।
पहिलो चरणमा प्रदेशको दैलेख जिल्लामा प्रदेश सरकारबाट बिनियोजित रकमबाट भएको केहि कामहरु उदाहरणिय भएको शाहीको भनाइ छ । केहिमा भने रकम अनुसारको काम नभएको पाइएको शाहीले बताए । बिकास निर्माणका कामको अनुगमन गर्न जाजरकोट पुगेका अर्थ समितिले कुनै पनि बाहानामा बिकास निर्माण कार्यलाई ढिलाइ नगर्नको लागि समेत कार्यालयहरुलाइ निर्देशन गरेका छन ।
समयमै काम सम्पन्न गर्न समितिको निर्देशन
कर्णाली प्रदेश अर्थ समितिले समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकार मातहतका कार्यालय लाइ समय अगावै काम सम्पन्न गर्न निर्देशन दिएको हो । सोमबार बिकास निर्माणका आयोजना अनुगमन गर्न जाजरकोट आएको समितिले जिल्लाका बिकास निर्माणलाइ समयमा काम गर्न निर्देशन दिएको थियो ।
आ.व २०७५।०७६ सालमा सम्पन्न आयोजना अनुगमन गरिएका प्रदेश सरकारमार्फत सञ्चालित योजना समयमै सक्न निर्देशन दिइएको समितिका अध्यक्ष अम्बर बहादुर थापाले बताए । उनले भने, ‘विभिन्न जिल्लामा योजना अनुगमनपछि प्रगति विवरणसँगै ग्रामीण भेगमा भएको विकासको मोडल हेरियो, जिल्ला र स्थानीय सरोकारवाला निकायलाई निर्धारित समयमा योजना सम्पन्न गर्न निर्देशन दिइयो ।’
प्रदेश सरकारको २ बर्षमा धेरै काम भएको केहि काम गर्नु पर्छ भन्ने उदेश्यले समिति लागि परेकोमा समस्या परेमा समिति सहजिकरणको लागी तयार रहेको थापाको भनाइ । जाजरकोट जिल्लामा सोमबार मात्र १ दर्जन बढि बिकास निर्माणका आयोजना अनुगमन गरेता पनि परिणाम निराशाजनक रहेको थापाको भनाइ छ । भेरीमालिका दैनिक
















































। २७ फाल्गुन २०७६, मंगलवार