हाम्रा युवा हामीसंग राख्न वडाध्यक्षमा मेरो उम्मेदवारीः बीरवहादुर घर्ती

खलंगा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तपाईको उम्मेदवारी किन ? र के का लागि भन्ने बिषय बारेकोट गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा(एमाले)को तर्फका उम्मेदवार वीर बहादुर घर्तीसंग हाम्रो पहुँच डटकमकर्मीले गरेको टेलिफोन संवादको एक अंशः

बारेकोट गाउँपालिका वडा नं. २ को वडाध्यक्षको लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको यहाँलाई हार्दिक बधाई तथा जितको आग्रिम शुभकामाना ।
धन्यवाद ।
यहाँलाई स्वागत छ ।
पुनः धन्यवाद ।
१ तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो ?
मेरो राजनीतिक यात्रा २०६४ सालमा रोकायगाउँ गाविसको युवा संघको अध्यक्षको जिम्मेवारी बाट नै भएको हो । २०६७ सालमा भेरी ज्ञानोदय क्याम्पस कमिटीको सचिव, २०६७ सालमा युवा संघको क्षेत्रीय कमिटी अध्यक्ष, २०७२ सालमा युवा संघको जिल्ला कमिटीको कोषाध्यक्ष २०७४ सालमा भएको बाम गबन्धनको जिल्ला कमिटी सदस्य, हुँदै हाल बारेकोट गाउँ कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिव रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छु ।

२. वडाध्यक्षमा तपाईको उम्मेदवारी किन ?
बारेकोट गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा मेरो उम्मेदवारी यस कारण रहेको छ ।

सुखी र समृद्ध वडाको निर्माण गर्न, जनताको आवश्यकताको पहिचान गरि समाधान गर्न निम्ती, पछाडी परेका समुदायहरुलाई उठाउनका निम्ती, विकासका योजनाहरु तिव्र रुपमा संञ्चालन गर्नका निम्ती, यहाँको सम्भावनाको पहिचाना गरि राज्यद्धारा लगानीको गर्नका निम्ती र हाम्रो वडालाई आद्युनिक कृषि क्षेत्रमा जोड्नका निम्ती, भौतिक पुर्वधारहरु निर्माण गर्नका निम्ती र हाम्रा युवा हामी सँगै राख्न्, खानी, कृषि, पशु र वन उद्योग व्यापार, पर्यटन हाम्रा धन, हाम्रो गाउँ हरियाली बनाउन,जनतासंग अध्यक्ष । अध्यक्षसंग जनता, गाउँगाउँम सिंह दरवार घरघरमा अधिकार,जनताको अधिकार निशुल्क स्वास्थ्य उपचार,जनताको अधिकार भ्रष्टचारमुक्त बलियो स्थानीय सरकार,हाम्रो गाउँ आत्मनिर्भर बनाउ, एक गाउँ एक सहकारी, एक घर एक रोजगारी लागि मेरो उम्मेवदारी रहनेछ ।

३. चुनाव जित्त सक्के प्रमुख आधारहरु के के हुन् ?
जनताको समस्याहरुलाई मध्यनजर गर्दै आफ्नो चुनावी एजेन्डा निर्माण गर्ने, जनताको समास्याको पहिचान गर्ने, जनताको मनोभावलालाई बुझ्ने र जनप्रतिनिधी भनेको सबै जनताको हो एउटा पार्टीका कार्यकर्ता मात्र होईन भन्ने कुरालाई प्रमाणित गर्न सकियो भने चुनाव जित्न सकिन्छ ।

४. तपाईले चुनाव जित्नु भयो भने सबै भन्दा पहिलो प्रथामिकता कसलाई दिनु हुन्छ ?
मैले वडाध्यक्षमा जिते भने सबै भन्दा पहिलो प्रथामिकता वास,गास,कपास र शिक्षा स्वास्थ्यलाई दिनेछु । युवाहरुलाई रोजगारी सिर्जना गर्नका लागि सीपमुलक तालिमहरु संञ्चालन गर्नेछु त्यसपछि यहाँका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने छु, भौतिक पुर्बधारहरु निर्माण गर्नेछु, यातायात तथा सञ्चार क्षेत्रलाई अहिलेको भन्दा पनि विस्तार गरेर लैजानेछु ।

५.अन्त्यमा के भन्न चाहान्नु हुन्छ ?
सर्वप्रथम टेलिफोन संवादका माध्यमबाट मेरो आफ्नो चुनावी एजेन्डा जनता समक्ष पुर्याउनका लागि समय र सहयोग गर्नु भएकोमा हाम्रो पहुँच परिवार प्रति आभार प्रकट गर्दछु । साथै सम्पुर्ण वडा नं. २ वासीलाई के गर्न चाहान्छु भने ‘हाम्रो होईन राम्रो मान्छेलाई जिताउँनुहोस् एक पटक युवा नेतृत्वलाई यस वडाको नेतृव्त गर्ने अवसर दिनुहोस्’ धन्यवाद ।

तपाईको प्रतिक्रिया