म मेरो एजेण्डाले होईन जनताको समस्यालाई लिए चुनाव लड्दैछु : राम बहादुर सिंह

खलंगा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तपाईको उम्मेदवारी किन ? र के का लागि भन्ने बिषय बारेकोट गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार राम बहादुर सिंह संग हाम्रो पहुँच डटकमकर्मीले गरेको टेलिफोन संवादको एक अंशः

बारेकोट गाउँपालिका वडा नं. ३ को वडाध्यक्षको लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको यहाँलाई हार्दिक बधाई तथा जितको आग्रिम शुभकामाना ।
धन्यवाद ।

यहाँलाई स्वागत छ ।
धन्यवाद ।

१. तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो ?
मेरो राजनीतिक यात्रा सानै देखि सामाजिक कार्यप्रति सहभागी भावना भएको एक व्यक्ति नेपालका विभिन्न दलहरुको भन्दा नेकपा (एमाले) को कार्यदिशा प्रति प्रभावित भई २०६४ सालमा संगठित सदस्यता लिई पार्टीका विभिन्न कार्यक्रममा सहभागी भई २०७४ सालमा युवा संघ नेपाल बारेकोट गाउँपालिकाको उपाध्यक्षमा रहि काम गर्ने मौका पाए । २०७८ सालमा नेपाल खेलकुद महा संघ कर्णाली प्रदेश कमिटीको सदस्य, २०७८ सालमा गाउँ कमिटी सदस्य पदमा रहि काम गर्दै जाँदा आज पार्टीले विश्वास गरेर बारेकोट गाउँपालिका वडा नं. ३ को वडाध्यक्षको लागि उम्मेदवारको जिम्मेवारी दिएको छ ।

२. वडाध्यक्षमा तपाईको उम्मेदवारी किन ?
आज देश र जनताका लागि काम गर्ने सिंह दरबार, जनताको घर—घर भन्ने नारा नारामा मात्रै सीमित भएको छ । यस अघिका जनप्रतिनिधीहरुले पाँच बर्ष सक्याएर जानुभयो छ तर जनताको लागि प्रभावकारी काम गर्नु सक्नु भएन् । स्थानीय सरकारलाई सहि तरिकाले चलाउनका लागि युवाहरुको नेतृत्व गर्नका लागि मेरो उम्मेदवारी हो ।

३. निर्वाचन जित्न सक्ने प्रमुख आधारहरु के के हुन् ?
हाम्रो देशमा भौगोलिक तथा आर्थिक रुपमा विपन्न समुदायको स्ततर उन्नतका लागि आवाज उठाउने, जनताको समस्या अनुरुपको ऐजेण्डा निर्माण गर्ने, संविधानको मर्म अनुसार काम गर्ने, आम जनताको समस्याको अध्ययन गरी सो अनुसारको योजना तयार गर्ने, शिक्षा, स्वास्थ्य कृषि, यातायात जस्ता क्षेत्रमालाई पहिलो प्रथामिकता दिने,भौतिक पुर्वधारलाई सहि तरिकाले संञ्चालन गर्ने जस्ता योजनाहरु वोकेर जनताको माझमा प्रस्तुत हुने छु । विश्वास छ आम बारेकोट ३ वासीले यतिवेला आफ्नो भोटको सदुपयोग गर्नुहुने छ ।

४. चुनाव जितेपछि के गर्नु हुन्छ ?
आफ्नो कार्यकालमा भएका विकासहरुलाई जनमुखी बनाउनका लागि सबै भन्दा पहिला म घर दैलो कार्यक्रम संञ्चालन गरि प्रत्येक टोलीमा व्यक्तिगत रुपमा नभएर सामुहिक रुपमा त्यसको टोलको समस्या के हो ? त्यसको पहिचान गरी समस्याको समाधानका लागि योजना निर्माण गरी समस्याको समाधान गर्ने, स्थानीय सरकार संञ्चाालनका लागि वडाको जिम्मेवारी वडा कार्य समितीले गर्नु पर्ने कामको आधारमा योजना बनाई योजना कार्यन्वयन गरी पूर्ण जनताका लागि टोल कार्यक्रम संञ्चालन गर्ने, वेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने,शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्याहरुको समाधान गर्ने लगायतका थुप्रै कामहरु गर्ने छु ।म संधै जनताको भोटको कदर गर्ने छु ।

५. अन्यत्यमा के भन्न चाहान्नु हन्छ ?
सर्वप्रथम टेलिफोन संवादको माध्यमबाट मेरो चुनावी एजेन्डालाई जनता समक्ष पुर्याउने र जनताको मनमा उब्जेको प्रश्नहरुलाई म समक्ष पुर्याउने हाम्रो पहुँच परिवारलाई हार्दिक धन्यवाद । वडा नं. ३ वासीलाई म के भन्न चाहान्छु भने तपाईको भोटको सदुपयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया