वडा स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

जाजरकाेट : भेरी नगरपालिकाले वडास्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पूर्णसरसफाई तथा फोहर व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाले वडा स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

पूर्ण सरसफाई युक्त नगरपालिका घोषणा योजनालाई अगाडी बढाई रहेको भेरी नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रसंग जोडिएका वडाहरुमा सरसफाई तथा फोहर व्यवस्थापनको योजनालाई अगाडी बढाई रहेको भेरी नगरपालिका पुर्णसरसफाइ, बाताबरण तथा बिपद ब्यबस्थापन कार्यक्रम शाखा अधिकृत सुधा हमालले जानकारी दिईन् ।

पूर्णसरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धि गत माघ २ गते भेरी नगरपालिका–३ र ४ को खलंगामा कार्यशाला गोष्ठी सम्पन्न गरेको नगरपालिकाले फागुन २१ गते कुदु, २२ गते स्याउलीबजार, २३ गते फेरा बजार (वडा कार्यालय), २४ गते रिम्ना बजार र २५ गते बाहुनथानमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

वडा स्तरीय कार्यशाला गोष्ठीहरुको सहजीकरण सहकर्मी समाज, जाजरकोट प्रमुख नेत्र रेग्मीले गरेका थिए । सहजकर्ता रेग्मीले सकारात्मक सोच र पूर्णसरसफाई तथा फोहर व्यवस्थापन सम्बन्धि सहभागीलाई जानकारी गराएका थिए । गोष्ठीमा सरसफाईको महत्व, व्यक्तिगत, घरभित्र र वातावरणिय सरसफाईका प्रकार, सरसफाईका सामाजिक आधार सम्बन्धि सहजकर्ता रग्मीले सहजीकरण गरेका थिए ।

कार्यशाला गोष्ठीका सहभागीहरुले पूर्ण सरसफाई तथा फोहर व्यवस्थापन गर्नका लागि नगरपालिकाले घर–घरमा डस्वीनको व्यवस्था गर्नुपर्ने, फोहर खाडल खन्नका लागि बजेट व्यवस्थापन गर्नुपर्ने, फोहर उठाउनलाई नगरपालिकाका सबै बस्तीहरुमा गाडीको व्यवस्था गर्नुपर्ने, वडाका सबै बस्तीहरुमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने माग राखेका थिए ।

तपाईको प्रतिक्रिया