![]()
खलंगा । आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा तीन जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आईतवार (आज) छेडागाड नगरपालिकाका तीन जना उम्मेदवारले वडाध्यक्षमा मनोनयन दर्ता गरेका हुन् । सोमबार (भोली) सम्म उम्मेदवारले मनोनयन दर्ताको गरि सक्नुपर्ने छेडागाड नगरपालिकाका निर्वाचन अधिकृत शिव रन्जन पौडेलले बताए ।
यस्तै,कुशे गाउँपालिका अहिले सम्म कसैले उम्मेदावारी मनोनयन दर्ता नगरेको भए पनि मनोनयन दर्ताका लागि नेकपा (ऐमाले)का सबै उम्मेवार र अन्य केही उम्मेदवारहरुले दाखिल फारमहरु लिईसकेको कुशे गाउँपालिका निर्वाचन अधिकृत चित्रबहादुर रोकायाले जानकारी दिए ।
यस्तै,शिवालय,जुनीचाँदे,बारेकोट गाउँपालिका र नलगाड,भेरी नगरपालिमा उम्मेदवारहरु मनोनयन दर्ता गर्नका लागि सोधपुछ गर्न आएपनि दर्ता नगरेको मुख्य निर्वाचन कार्यालय जाजरकोटका अधिकृत यज्ञप्रसाद आचार्यले बताए ।
















































। ११ बैशाख २०७९, आईतवार