जाजरकोट । भेरी नगरपालिकाको भागबन्डामा मेयर र उपमेयर नपाएको भन्दै माओवादीमा चरम असन्तुष्टि देखिएको छ। माओवादीको नगर कमिटीले आइतबार एक पत्रकार सम्मेलनको आयोजनागरी नेताहरुले निर्णय नसच्याए आफूहरुले विद्रोह गर्ने र बागी भएपनि भेरी नगरपालिकाको सबै पदमा उम्मेदवार दर्ता गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले मतभारका आधारमा मेयर वा उपमेयर पाउनुपर्ने माग छ। माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष दीपक बस्नेतले राम्रो जनाधार भएको भेरी नगरपालिकामा माओवादीलाई अपमानित हुने गरी गरिएको गठबन्धनको निर्णय नसच्चिए आफूहरु चुप लागेर नबस्ने बताए। भेरीका सबै पदमा माओवादीको एकल उम्मेदवारी दिने अध्यक्ष बस्नेतले बताए।
यस्तो छ भागबन्डा
नेपाली कांग्रेसको भागमा बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिका, माओवादी केन्द्रको भागमा नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिका भाग परेको छ। नेकपा समाजबादीले भेरी नगरपालिका भाग लिएको छ। सत्ता गठबन्धनको आइतवार बसेको प्रदेशस्तरीय संयन्त्रले भागबण्डा टुङ्गो लगाएको हो।
संयन्त्रले भेरी र नलगाडमा काँग्रेसलाई उपमेयर दिएको छ भने शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकाको उपाध्यक्ष पनि काँग्रेसले पाउने भएको छ। त्यस्तै छेडागाडको उपमेयर, बारेकोट र कुशे गाउँपालिका उपाध्यक्ष पनि माओवादीकै भागमा परेको छ। उम्मेदवारहरुको टुङ्गो आइतबार नै लगाईसक्ने दलहरुले जनाएका छन्। एमालेले पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाईसकेको छ भने केही वडामा मिलाउन बाँकी रहेको जनाएको छ।
सत्ता गठबन्धनले सोमबार मात्र मनोनयन गर्ने जनाएको छ। एमालेलेलगायतका अन्य दलले पनि सोमबार नै मनोनयन दर्ता गर्ने बताएका छन्। जाजरकोटमा १२ राजनैतिक दलले दल दर्ता गराएका छन्।
निर्णय नसच्चिए भेरीमा माओवादीले एकल उम्मेदवारी दर्ता गर्ने
तपाईको प्रतिक्रिया
















































। ११ बैशाख २०७९, आईतवार