जाजरकोटमा गठबन्धन दलबीच मिल्यो भागबण्डा, वडा अझै बाँकी


जाजरकोट । जाजरकोटमा सत्तारुढ गठबन्धनले पालिकामा भागबण्डा मिलाएका छन् । कांग्रेस र माओवादी केन्द्रले ३÷३ र एकीकृत समाजवादीले एक पालिकामा प्रमुख लिने गरी बाँडफाँट मिलाएका हुन् ।

नेपाली काँग्रेसले छेगाडागाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका प्रमुख लिने भएको छ भने नेकपा माओवादी केन्द्रले नलगाड नगरपालिका, शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिाकाको प्रमुख लिने भएको हो ।

यस्तै, एकीकृत समाजवादीले भेरी नगरपालिकामा प्रमुख लिने भएको छ । सत्ता गठबन्धनहरुको वैठक चलिरहेको छ । आजै वडा समेत टुंग्याउने गृहकार्य भईरहेको एक नेताले बताए ।

छेडागाड#प्रमुख_काँग्रेस_उपप्रमुख_माओवादी
#नलगाड#प्रमुख_माओवादी_उपप्रमुख_काँग्रेस
#भेरी#प्रमुख_समाजवादी_उपप्रमुख_काँग्रेस
#शिवालय#अध्यक्ष_माओवादी_उपाध्यक्ष_काँग्रेस
#बारेकोेट#अध्यक्ष_काग्रेस_उपाध्यक्ष_माओवादी
#कुशे#अध्यक्ष_काँग्रेस_उपाध्यक्ष_माओवादी
#जुनिचादे#अध्यक्ष_माओवादी_उपाध्यक्ष_काँग्रेस
तपाईको प्रतिक्रिया