बारेकोट विशेष: सम्भावना भित्र चुनौतीका पहाड

कर्णाली प्रदेश जाजरकोट जिल्ला बारेकोट गाउँपालिका दुर्गम तथा विकट गाउँपालिका हो । स्थानीय जानकारहरुका अनुसार विगतमा १२ वटा कोट मिलेर यसको नामाकरण बारेकोट गरिएको हो ।

यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति भएका मानिसहरु बसोवास गर्दछन् । प्राकृतिक रुपले हेर्ने हो भने जाजरकोट जिल्लाकैं एक सुन्दर गाउँपालिका हो ।

यो गाउँपालिमा वन जंगल, हावापानीका दृष्टिकोणले पनि निकै धनी छ । यहाँको भौगोलिक अवस्थालाई मध्यनजर गर्ने हो भने यस पालिकाको माथिल्ला फाँटहरु जस्तै गाईगोह, तम्तु, राँगा, ढोटाचौर, दह, चौतारी, टाकुरी पाटन, रातापाटन, साईक्वाँरी दह , लगायतका समथर भू –भागहरु रहेका छन् ।

तल्ला भागहरु नायकवाडा, रोकायगाउँ सक्ला, रामिडाँडा लगायतका क्षेत्रमा मानिसहरुको बाक्लो बस्ती रहेको छ ।

लोक सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाहरुले भरिपूर्ण गाउँपालिका हो ।

रामिडाँडा, सुगुँरखालामा प्रसिद्ध धार्मिक जात्राका रुपमा मनाउने प्रचलन छ । पछिल्लो समयमा यहाँ धार्मिक मठ मन्दिर लगायतका क्षेत्रमा पर्यटनका हिसावले पनि राम्रो सम्भावना रहेको पाईन्छ ।

यहाँको वन पैदावारमा विश्वमा लोभ हुँदै गएका वन्यजन्तु तथा विभिन्न प्रजातिका पंक्षीहरु पाईन्छन् । जस्तैः रेडपाण्डा, झारल, भालु, सुन गिद्ध, चिर कालिज, मुनाल ईत्यादि पाईन्छन् ।

राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले साविकको रोकायगाउँ, सक्ला, रामिडाँडा, नायकवाडा गाविसलाई मोर्चा गरेर बारेकोट गाउँपालिका निर्माण भएको छ । यहाँ जम्मा ९ वटा वडा रहेका छन् । जसमध्ये गएको स्थानीय तहको चुनावमा अध्यक्ष सहित तीनवटा वडाहरुमा कांग्रेसले, उपाध्यक्ष सहित ४ वटा वडाहरुमा नेकपा (माओवादी केन्द्र) ले र अन्य दुईवटा वडाहरुमा नेकपा (एमाले) ले जितेको छ । मतदाताको हिसावले नेकपा (माओवादी केन्द्र) पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो रहेको देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुका चुवानी घोषणा पत्रहरु सार्वजनिक भएको थिए । विडम्बना त्यसअनुरुपको अपेक्षित विकास भएको देखिदैन् । भौतिक पूर्वधार विकास, सामाजिक विकास लगायतका क्षेत्रमा विकास नहुँदा, गुणस्तरीय शिक्षा, भरपर्दाे उपचार प्रणाली, वैज्ञानिक कृषि प्रणालीको विकास नहुँदा यहाँका जनसमुदायको जीवनस्तर अत्यन्तै न्युन रहेको छ ।

यहाँका श्रमिकहरुले आफुले चाहेको समयमा श्रम गर्न पाएका छैनन् । गरिवी न्यूनिकरण गर्ने उद्धेश्यका साथ पालिकाले ठोस नीति लिएर अगाडि बढेको देखिदैन् ।

दिन प्रतिदिन विद्यालय छोड्ने घर छोड्ने युवाहरुको संख्या बढिरहेको छ । साना तथा घरेलु उद्योगहरुमा राज्यले लगानी गरेतापनि वास्तविक कृषकहरुको पहिचान नभएर पावर पहुँचको आधारमा फार्म सहकारी, समुहहरुले कार्यक्रम पाउने अवस्था देखिन्छ ।

बारेकोट वासीहरुको मनमा अनेकौं पीडा, वेदना भेटिन्छन् । चुनावको वीचमा जनता सामु देखाएका प्रतिवद्धताले मत विभिन्न बहाना वनाएर पाउने तर जनताको अवस्था उस्तै रहने प्रवृत्ति चलिरहेको छ ।

बारेकोटका सम्भावना र चुनौतीहरु

वौद्धिक, शिक्षा विद, कानुन विद, राजनीतिज्ञ व्यक्तिले विश्लेषण गर्दा साझा एजेण्डा बोकेर हिडे्को भए पाँच बर्षको अवधिमा एक विकसित गाउँपालिकाको रुपमा रुपान्तरण हुन्थ्यो होला ।

यहाँको जनजीवनलाई माथी ल्याउने यही ठाउँमा रहेको खनिज सम्पदा अन्तर्गतको फलाम खानी, नुन, काइनाइट पत्थर लगायतका खनिज सम्पदाको उत्खनन्का लागि गुरुयोजना निर्माण गर्न सकेको छैन् ।

स्थानीय सरकारले यस क्षेत्रमा रहेका सामुदायिक वन, राष्ट्रिय वन, कवुलियत वन, नीजि वनलाई व्यवस्थापन नियमन दिन सकेको छैन् ।

शिक्षा ः परिवतर्नको संवाहक भनेकै शिक्षा हो । विश्वमा जति परिवर्तन भएका छन्, सबै शिक्षाद्धारा नै भएका छन् । कताकता यहाँको शिक्षामा क्षेत्र कमजोर भएको पाईन्छ । त्यसलाई सुधार गर्नका लागि नेपालको संविधान ऐन कानुनमा व्यवस्था भएका अधिकारहरुलाई सुनिश्चित गर्दै दरवन्दी नभएका ठाउँमा दरवन्दी व्यवस्थापन, प्रत्येक विद्यालयको भौतिक, शैक्षिक, प्रशासनिक, आर्थिक क्षेत्रलाई वलियो र सुधार गर्नका लागि सबै तहका सरकारसंग पहल कदम, विशेष गरी पालिकाले ठोस नीति निर्माण गरी शिक्षामा समानता ल्याउने उद्धेश्यका साथ सरकारी लगानी र नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न व्यवस्थापन नियमित दिन जरुरी देखिन्छ ।

स्वास्थ्य ः मावन जीवनका लागि स्वास्थ्य ्नभई नहुने कुरा हो । जव मानिसको स्वास्थ्य तन्दुरुस्त हुन्छ, अनि मात्र हरेक क्षेत्रमा विकास समृद्धिको कल्पना गर्न सकिन्छ । त्यसैले स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापन गरी कम्तिमा औषधी, स्वास्थ्य सामाग्री लगायत चिकित्सकको व्यवस्था गरेर विरामीलाई नजिकबाट सेवा प्रवाह गर्न वातावरण बन्न सक्छ ।

कृषि ः हाम्रो देश एक कृषि प्रधान देश हो । बारेकोट वासीहरुको मुख्य पेशा कृषि रहेको छ । यहाँको कृषि उत्पादन अत्यन्तै न्यून रहेको छ । कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि कृषि क्षेत्रमा वहु आयामिक कृषि कार्यक्रमहरु संञ्चालन आवश्यक रहेको छ । तसर्थ कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि पर्याप्त मात्रामा कृषि क्षेत्रमा इच्छुक युवाहरुलाई वैज्ञानिक तरिकाले कृषि पेशामा अग्रसर बनाउन अब आउने जनप्रतिनिधिले ठोस कार्ययोजना निर्माण गर्न आवश्यक देखिन्छ ।

सञ्चार क्षेत्र ः बारेकोटमा गाउँपालिकामा दुरसञ्चार सेवा सुचारु भएकोमा स्थानीयहरु निकै हर्षित थिए नै तर पालिकाको प्रत्येक कुना कन्धराहरुमा भरपर्दो सञ्चार सुविधा नहुँदा स्थानीयहरुले खुशीको महसुस गर्न पाएका छैनन् । आखिर पाँच बर्षको अवधिमा टावर निर्माण गरेर मात्रै सञ्चार क्षेत्रमा विकास गरियौं भन्नु एउटा लज्जास्पद विषय बनेको छ । केही ठाउँमा सञ्चार सेवा लिनका लागि अहिले पनि डाँडा खोज्नुपर्ने अबस्था रहेको छ । यस्ता समस्या बाट बारेकोट वासीलाई मुक्त गर्नका लागि स्थानीय सरकारले ठोस पहल कदमी गर्नुपर्ने देखिन्छ ।

यातायात क्षेत्रः विकास र समृद्धिका लागि यातायात नै मेरुदण्डको रुपमा मानिन्छ । तर यहाँ भौगोलिक विकटताको कारणले सडकहरु निकै खर्चिलो सहित ट्रयाक ओपन गरेर वडा कार्यालयहरु छोएको कुरा सत्य नै हो । तर सत्य भित्रको पीडा वेग्लै छ । यस चुनौतीका बाबजुत पनि अब आउँने जनप्रतिनिधि र सरोकारवाला पक्षहरुले गम्भीर ध्यानआकर्षण गरेर गुणस्तरीय सडक, स्तरोन्ती लागि पहल गर्नपर्ने आजको आवश्यकता छ ।

विद्युत ः एकाईसौं शताब्दीको डिजिटल युगमा कुनै पनि कार्य संञ्चालनका लागि विद्युत आपुर्ति सेवाको अभाव रह्यो भने विवश भएर अन्धकारमा वाँच्चु जस्तै हुन्छ । तर यस गाउँपालिकामा भपर्दो विद्युत सेवा नहुँदा यहाँका स्थानीय वासीहरुलाई मोबाइल चार्ज गर्न, टेलिभिज हेर्न, रेडियो सुन्न तथा स—साना उद्योगहरुमा काम गर्न निकै समस्या खेपिरहेका छन् । स्थानीयहरुलाई यस समस्यावाट मुक्त गर्नका लागि पालिका स्तरिय विद्युत सेवा सुचारु गरि सर्वसुलभ गर्न स्थानीय सरकारको स्वामित्व रहने गरि एउटा मर्मत संम्भार कोष खडा गरेर तीनै तहका सरकारले लगानी गर्न अपरिहार्य देखिन्छ ।

खानेपानी तथा सिचाई ः जलस्रोतको दोस्रो धनी देशका रुपमा रहेको हाम्रो देशमा पानीका स्रोतहरु जति पर्याप्त छन् खानेपानी तथा सिँचाईका समस्याहरु पनि त्यतिनै पाईन्छन् । ती पानीका स्रोतहरु र समस्याहरुको पहिचान गरि जनताको घर दैलो र खेतवारीमा खानेपानी तथा सिँचाईको उचित व्यवस्था गर्नु आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया