भेरीका नगरप्रमुख घर्तीद्धारा राजीनामा

पुनः उम्मेदवार बन्न भेरीका नगरप्रमुख घर्तीद्धारा राजीनामा
जाजरकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले राजीनामा गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख घर्तीलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय अनुसार नै पुनः भेरी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको घर्तीले बताए ।

उनको राजीनामा नगर उपप्रमुख भावना भण्डारीले स्वीकृत गरेकी छन्। नगरप्रमुखसँगै सात जना वडाध्यक्ष र ६ जना वडा सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बाहालवाला जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनीहरुले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया