विप्लव समुहका यूवा र विद्यार्थी ईन्चार्जसहित जिल्ला अध्यक्षहरु पक्राउ

May be an image of 5 people, people standing and outdoors
जाजरकोट । नेकपा ( विप्लव) समुह जाजरकोटका यूवा र विद्यार्थी संगठनका ईन्चार्ज सहित जिल्ला अध्यक्षहरु पक्राउ गरेका छन् । अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्धामा फरार रहेका उक्त समुहको अखिल ( क्रान्तिकारी) विद्यार्थी संगठनका जिल्ला संयोजक दीपेन्द्र सिंह, युवा संगठन जाजरकोटका संयोजक डिलबहादुर राना, यूवा संगठनका केन्द्रीय सदस्य एवं जाजरकोट ईन्चार्ज गोविन्द्र चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

२०७८ फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसिरहेको अवस्थामा भष्ट्राचार गरेको आरोपमा कालोमासो र जुत्ताको माला लगाएर अपमानजनक व्यवहार गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

केहो थियो घटना ?

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख जैसीलाई कालोमोसो र जुत्ताको माला

तपाईको प्रतिक्रिया