
खलंगा । जिल्लाको कुशे गाउँपालिकामा १२ हजार भेडा बाख्राहरुलाई पि.पि.आर खोप लगाईएको छ । २०७८ चैत्र ०१ गते देखि ०७८ चैत्र १९ गते सम्म सञ्चालन भएको उक्त खोप अभियानबाट कुशे गाउँपालिकाका १२ हजार भेडा बाख्राहरुलाई पि.पि.आर खोप लगाईएको हो ।
पटक—पटक भेडा बाख्राहरुमा महामारी देखा पर्ने भएको हुँदा यस्ता रोगको प्रकोप रोकथामका लागि उक्त खोप लगाईएको नायव प्राविधिक सहायक कमल सिंहले बताए । उनका अनुसार, कुशे १,२,३,४ मा ६ हजार ८ सय र कुशे ५,६,७,८,९ मा ५ हजार २ सय भेडा बाख्रालाई खोप लगाईएको छ ।
















































। ८ बैशाख २०७९, बिहीबार