
जाजरकोट । नलगाड न.पा. वडा न. ०१ कल्पतस्थित सडक बाटोमा सवारी धनी कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ ।
कागजात नभएको चोरीको मोटरसाइकल चलाई ल्याई पार्किङ गरी राखेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उक्त मोटरसाइकल कानुन बमोजिम रितपुर्वक बरामद गरी चलाई ल्याई पार्किङ गरी राख्ने व्यक्तिको बारेमा अनुसन्धान गर्दै जाँदा नलगाड न.पा. बस्ने वर्ष ३३ को हिरालाल पुन रहेको भनि खुल्न आएको थियो ।
निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले फेला पारी कानुन बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धानका लागी यस कार्यालयमा दाखिला गरेको जनाइएको छ ।
मोटरसाइकल सहित निज हिरालाल पुनलाई जाजरकोट जिल्ला अदालतबाट दिन ७ को म्यादथप लिई अनुसन्धान कार्य भई रहेको जनाईको छ ।
















































। ८ बैशाख २०७९, बिहीबार