
जाजरकोट । सामाजिक विकृति न्यूनिकरणका लागि जाजरकोटमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र यार्सन नेपाल जाजरकोटको आयोजनामा सामाजिक विकृति विरुद्धको सचेतिकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागितामा न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाले सामाजिक विकृति न्यूनिकरणका लागि विद्याथीहरुलाई सचेतनामूलक क्लास लिएका छन् ।
उनले मानव वेचविखन, लागुपदार्थ दुव्र्यसन तथा साइवर अपराध सम्बन्धमा विद्यार्थीहरुलाई अभिमुखीकरण सिकाई सिकाएका हुन् । समाजमा हुने विभिन्न विकृतिका विरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको समेत निरौलाले बताए । सामाजिक विकृतिका विरुद्ध घरमा अभिभावकहरुलाई समेत सिकाउन आग्रह गरे ।
उक्त कार्यक्रममा नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाह, यार्सन नेपाल जाजरकोटका संयोजक सहदेव बस्नेत लगायतको सहभागिता रहेको थियो । सामाजिक विकृतिका विरुद्ध सबै एक हुन आवश्यक रहेको सरोकारवालाहरुले जोड गरेका थिए ।
















































। ७ बैशाख २०७९, बुधबार