अनमोलले भने : ‘धुपौरो’को ‘साइनिङ अमाउण्ट’ पाँच लाख जुनसुकै बेला फिर्ता गर्छु

काठमाडौं : अभिनता अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपबारे स्पष्टीकरण दिएका छन्। करिब चार महिना ‘धुपौरो’ फिल्मका लागि साइन गर्दा प्राप्त गरेको एड्भान्सस्वरूप लिएको पाँच लाख रुपैयाँ फिर्ता नगरको आरोप लागेपछि उनले सामाजिक सञ्‍चालमार्फत स्पष्टीकरण दिएका हुन्।

उनले आफू ‘ए मेरो हजुर ४’ सुटिङको सिलसिलमा काठमाडौं बाहिर भएको बेलामा आफूमाथि पाँच लाख रुपैयाँ ठगीको आरोप लागेको बारे मिडियामार्फत थाहाँ पाउँदा स्तब्ध भएको उल्लेख गरेका छन्।

‘यो कुराको स्पष्टीकरण म मिडियाकर्मी मित्रहरूको सामु उपस्थित भएरै दिन चाहन्थेँ। तर, म अहिले सुटिङको क्रममा काठमाडौंबाहिर रहेकाले यहीँमार्फत आफ्नो कुरा राख्न चाहन्छु’ उनले भनेका छन्। फिल्म साइन गरेबापत फिल्मका निर्माताले साइनिङ अमाउण्टको रूपमा पाँच लाख दिएको स्वीकार गर्दै उक्त रकम जुनसुकै बेला फिर्ता गर्न तयार रहेको उनले बताएका छन्।

उनले स्क्रिप्टमा थप होमवर्क गरौँभन्दा इगोको रूपमा आफू सुटिङका क्रममा काठमाडौं बाहिर भएकाले बेला चरित्रहत्या गर्न खोजेको पनि आरोप लगाएका छन्। ‘मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौँ भन्दा उहाँहरूले इगोको रूपमा लिनुभयो।

र म सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुःखी भएको कुरा अवगत गराउँदै उहाँहरूसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु।’

तपाईको प्रतिक्रिया