जाजरकोट । इसाई एकता समाज जाजरकोटको अध्यक्षमा लालबहाबदुर नेपालीलाई सर्वसहमत चयन गरिएको छ । सोमबार जिल्लाका चार वटा स्थानीय तहका पास्टर अगुवाहरुको भेलाले नेपालीलाई संयोजकमा सर्वसहमत चयन गरेको हो । यस्तै, भेलाले कोषाध्यक्षमा गोपाल बुढा, सचिवमा चन्द्रबहादुर थापा र सदस्यमा गोपाल नेपालीलाई चयन गरिएको छ ।
२०६९ सालमा इसाई एकता समाजको स्थापना भएको थियो । संयोजक नेपालीले भने, ‘जाजरकोटमा २०४२÷०४३ सालमा चर्चहरुको शुरुवात भएतापनि जाजरकोटका पाष्टर अगुवाहरुको एकअर्कमा पहिचान थिएन्, जब यहाँका पाष्टर अगुवाहरु मिटिङ्गको लागि नेपालगन्ज, पोखरा र काठमाडौंमा गएको बेलामा त्यहाँ परिचय हुने गरेको थियो ।’
‘२०६७ पौषमा मण्डली स्थापना र व्याचुलर पढना सदरमुकाम आए त्यसै समयमा मैले जाजरकोटका ३० वटै गाविसका अगुवाहरुलाई खोजतलास गरेर करिव एक दुई वर्षको प्रयासपछि २०६९ साल मंसिर १८ सबैको भेला गराएर इसाई एकता समाजको गठन गराए’, उनले भने, त्यही समयमा मलाई जाजरकोट जिल्लाको पहिलो अध्यक्ष बनाईएको थियो ।’ त्यसपछि वीचको समयमा अरु पास्टरहरुले संगठनको नेतृत्व गरेका थिए ।
यस्तै, शुक्रबार भएको भेलाले पालिका स्तरको समिति समेत गठन गरेको छ । कुशे गाउँपालिकाको संयोजकमा चन्द्रबहादुर थापा, बारेकोट गाउँपालिकाको संयोजकमा गोपाल नेपाली, नलगाड नगरपालिका संयोजक गोपाल बुढा, भेरी नगरपालिका संयोजकमा लालबहादुर नेपालीलाई तोकिएको छ ।
स्थानीय तहका जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा बारेकोट बाहेक अन्य स्थानीय तहहरुले चर्चहरुलाई सहयोग नगरेको संयोजक नेपालीले गुनासो गरे । बारेकोट गाउँपालिकाले चर्चको भवन बनाउन सहयोग गरेको थियो । गाउँ पालिकाकालाई धन्यवाद समेत व्यक्त गरे ।
















































। २९ चैत्र २०७८, मंगलवार