जाजरकोट । कट्टीगाउँ भेरी नगरपालिका–११ नम्बर वडाको एउटा टोल हो । यस टोलमा १ सय २० घरधुरी दलित समुदायले बसोबास गर्दै आएका छन् । कट्टीगाउँका अधिकांश दलित समुदायहरु साहुको ऋण लिएर जीवन निर्बाह गर्दै आएका छन् ।
बाजेको पाला देखि साहुको ऋण बोक्दै आएका त्यहाँका दलित समुदायहरु ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित हुनुपर्ने बाध्यता सृजना भएको छ । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्नमै जीवनको कमाइले पुग्न नसक्ने भएपछि त्यहाँका नागरिकहरु गाउँ छोड्न बाध्य भएको वडा सदस्य नन्दबहादुर बिकले बताए ।
वडा सदस्य बिकले भनेजस्तै साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवार सहित भारत जान बाध्य भएका छन् । दुई बर्ष पहिला कट्टीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको कुन ठाउँमा छन ? उनले के काम र कनु पेशा गरिरहेका छन् भन्ने कुनै पत्ता लाग्न नसकेको वडा सदस्य बिकको भनाई रहेको छ ।
वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सकेका छन । ६ जनाको परिवार सहित कट्टीगाउँ छोडेका गोब्लो लुहारले बर्दिया कोठीयाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको वडा सदस्य बिकले जानकारी दिए ।
ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर वीरभान वरको परिवारले आज भन्दा ६ महिना पहिला गाउँ छोडेको छ । ४ जना परिवार सहित कट्टीगाउँ छोडेर भारत हानिएका वीरभानको परिवारले हाल कहाँ के गरिरहेको छ भन्ने कुनै पत्ता लाग्न सकेको छैन । ऋण तिर्न नसकेकै कारण घरजग्गा साहुकै नाममा नामसारी गरेर मागे सुनारको परिवार पनि भातर जान बाध्य भएको छ । चार महिना पहिला ४ जनाको परिवार सहित कट्टीगाउँ छोड्न बाध्य भएको मागे सुनारको परिवारले हाल भारतको कुन ठाउँमा के काम गरिरहेको छ भन्ने कुनै पत्ता लाग्न सकेको छैन ।
साहुँको ऋण तिर्न नसकेर गाउँछोड्न बाध्य भएका यि त प्रतिनीधि पात्र मात्र हुन् । कट्टीगाउँका १ सय २० घरधुरीका दलित समुदाय मध्ये साहुको ५ लाख देखि ८ लाखसम्मको ऋण नभएका कोही पनि नभएको वडा सदस्य बिकले जानकारी दिए । नुन देखि सुनसम्मको सबै सामानहरु पाईने जगतिपुरमा पसल थापेर बसेका यदुप्रसाद आचार्य र हरिप्रसाद शर्मा नै कट्टीगाउँका सबै दलित समुदायका साहु भएको वडा सदस्य बिकले जानकारी दिए ।
मानव उपयोगका लागि पसलबाट लिएको सामानको साहुले लगाउन पाउने व्याज दर सरकारले निर्धारण गरि दिनु पर्ने सदस्य बिकको भनाई रहेको छ । पसलबाट लिएको सामानको व्याज साहुहरुले कसरी लिईरहेका छन भन्ने कुनै पनि ग्राहकलाई जानकारी नहुने गरेको सदस्य बिकले बताए ।
व्याज कति लगाउने भनेर आफैले दर निर्धारण गर्दै आएका साहुहरु आफैले लेखेर तयार पारिएको कागजमा साँक्षी बस्ने काम जनप्रतिनीधिबाट भई रहेको सदस्य बिकले बताए । साहुँले लेखेको कागजमा सहि गर्ने मात्र नभएर वडा कार्यालयको छाँप हानेर साँक्षी बस्ने काम भई रहेको सदस्य बिकले बताए । ऋणको भारीले थेचिएको कट्टीगाउँ बाईसे राज्य अन्तरगत विक्रम संवत् १४५५ सालमा स्थापना भएको जाजरकोट राज्यको जगतिपुर दरबार नजिकै रहेको छ । बाइसे राज्य अन्तरगत शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा मेदिनी वर्माको जगतिपुर दरबारबाट कट्टीगाउँ पुग्न १० मिनेटको पैदल यात्रा गर्नुपर्छ ।
संस्थापक राजा मेदिनी वर्माका छोरा जगतिसिंहको पालामा निर्माण गरेका वायुघट्ट, देवलबाट कट्टीगाउँ पश्चिम दक्षिणतिर रहेको छ । जाजरकोट राज्यको स्थापना कालसंगै कट्टीगाउँमा दलित समुदायले बसोबास गर्दै आएको बताईको छ । बत्तिमुनीको अध्यारो जस्तै भएको कट्टीगाउँका नागरिकहरुमा अत्याधिक गरिबी हुनु, शैक्षिक हिसाबले पछाडी पर्नु, पूर्वाधार बिकास नहुनु, स्वरोजार बन्न सक्ने सीप बिकास तालिम तथा उद्यमशिलताको विकास हुन नसक्नु नै त्यहाँको मुख्य समस्याहरु भएको सदस्य बिकले जानकारी दिए । गाउँसंगै जोडिएको जगतिपुर स्वास्थ्य चौकीबाट कट्टीगाउँका नागरिकहरुले स्वास्थ्य सेवा लिई रहेका छन भने, कट्टीगाउँमै रहेको जनज्योति प्राथमिक विद्यालयबाट त्यहाँका बालबालिकाहरुले प्रारम्भिक बाल शिक्षा देखि कक्षा ३ सम्मको शिक्षा पाई राखेका छन् । प्रारम्भिक बाल शिक्षा देखि कक्षा ३ सम्म १ सय ५० जना विद्यार्थीहरुले उक्त बिद्यालयबाट शिक्षा लिई रहेको बताईएको छ ।
हालसम्म कट्टीगाउँबाट सरकारी जागिरी खानेहरु मध्येका दिपक बिक मात्र एक जना हुन् । २०५९÷०६० सालतिर नेपाली सेनाको जवानमा भर्ती भएका दिपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाई सराई गरिसकेको वडा सदस्य बिकले जानकारी दिए । त्यस गाउँबाट हालसम्म एसएलसी पास गरेर अमृत बिकले पश्चिमरुकुम चौरजहारी स्थित शितल बहुमुखी क्यापसमा बिएड तेस्रो बर्ष अध्ययन गरिरहेका छन ।
त्यसैगरि एसएलसी पास गरेर गंगबहादुर नेपालीले कार्कीगाउँ माविबाट १२ को परिक्षा दिने तयारी गरिरहेका छन् भने, बर्दिया जिल्लाबाट बिबाह गरेर कट्टीगाउँ पुगेकी पूर्णकला बिकले १२ कक्षा पास गरेकी छन । यि बाहेक त्यसगाउँबाट हालसम्म एसइई परिक्षा पास गर्नेमा कोही पनि नरहेको सदस्य बिकको भनाई रहेको छ ।
परिक्षा दिने तयारी गरिरहेका छन् भने, बर्दिया जिल्लाबाट बिबाह गरेर कट्टीगाउँ पुगेकी पूर्णकला बिकले १२ कक्षा पास गरेकी छन । यि बाहेक त्यसगाउँबाट हालसम्म एसइई परिक्षा पास गर्नेमा कोही पनि नरहेको सदस्य बिकको भनाई रहेको छ ।
















































। २६ फाल्गुन २०७६, सोमबार