
कुशे । जिल्लाको कुशे गाउँपालिका भित्र सञ्चालन हुने कृषि व्यावसायिक फर्म अब गाउँपालिकाको कृषि शाखामा दर्ता हुने भएको छ ।
गाउँपालिकाले संविधानले दिएको स्थानीय अधिकार अनुसार कुशे भित्र सञ्चालन हुने सबै खाले व्यवसाय दर्ता सम्बन्धी ऐन निर्माण गरी सबै व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाएको हो ।
व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यबिधी २०७८ बनाई कुशे गाउँपालिका भित्र संचालन हुने सबैखाले व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।
विहीबार (आज) नै कृषि विकास शाखाले फर्म दर्ता संचालन गरेको कृषि विकास शाखामा कार्यरत नायव प्राविधिक सहायक धिरेन्द्र बस्नेत बताए । यस भन्दा अगाडि कुशे बासी व्यवसाय दर्ताका लागि सदरमुकाम खलंगा धाउन बाध्य थिए ।
















































। १७ चैत्र २०७८, बिहीबार