जडीबुटी खेती तथा विस्तार सम्बन्धी पकेट क्षेत्र विशेष तीन दिने तालिम

No description available.
जाजरकोट । जडीबुटी खेती तथा विस्तार सम्बन्धी पकेट क्षेत्र विशेष तीन दिने तालिम सम्पन्न भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशको आयोजनामा तीन दिने तालिम जाजरकोट खलंगामा सम्पन्न भएको हो ।

तालिमको समन्वय डिभिजन वन कार्यालय जाजरकोटले गरेको थियो । जिल्लामा पाईने जडीवुटीहरुको खेती तथा विस्तार गर्नका लागि सात वटै स्थानीय तहका सहकारी÷ नर्सरी ÷ निजी फर्म÷ व्यावसायिक क्षेत्रका प्रतिनिधीहरुलाई उक्त तालिम दिईएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख बसन्त बावु श्रेष्ठले जानकारी दिए ।

No description available.

जडीवुटीहरुको प्रर्वद्धन र विकासका लागि तालिम उपयोगी हुने श्रेष्ठले विश्वास व्यक्त गरे । तालिमको प्रशिक्षण वनस्पति विज्ञ साजन सुवेदीले गरेका थिए । तालिम पाउँदा आफुहरु निकै खुशी भएको कार्यक्रमका सहभागीहरुले बताए ।

जिल्लामा रहेका ३०० सय भन्दा बढी सामुदायिक वनमा पाईने जडीवुटीहरुको व्यावसायिक खेती गर्नेहरुका लागि तालिम निकै उपयोगी भएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया