वर्तमान परिस्थितिमा नेपाली महिलाको भुमिका


नेपालको राजनीतिक र सामाजिक अवस्था बदलिर्दै गईरहेको छ । तर पनि महिलाहरुले समान अधिकार प्राप्त गर्न सकेका छैनन् । यो वा त्यो बहानमा महिलाहरुलाई पछाडि पारिएकै छ । जब राज्यका सबै नागरिकको जीवनका आधारभूत अधिकारको सुनिश्चितता हुदैन् तब सम्म लोकतन्त्रको पनि सहि अर्थ हुन सक्दैन् । किनकी महिला अधिकार सुनिश्चिता भए लोकतन्त्र पनि बलियो हुन् सक्छ र महिला अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व पनि त हो है न र ?

जीवनको उत्पति पछि भएको समाज विकासको क्रममा ठुलठुला उथलपुथल देखि स–साना घटनाक्रमहरुमा महिला सहभागिता थियो । भन्नुमा सायद दुई मत नहोला । छुट्टै नारी आन्दोलन नउठे पनि हरेक परिवर्तनमा पुरुष सँगै महिला काँधमा काँध मिलाएर अगाडि बढेको इतिहास छ । आदिम साम्यवादका नायिकाहरु दुर्गा, काली, शक्तिरुपा, जगत जनानी आदिका भुमिकाहरु किन नहुन त्यसपछि दास विद्रोहमा स्पाटकर्सकी श्रीमतिले निर्वाह गरेको भुमिका हामीले उल्लेख नगरी रहन सक्दैनौं । यस्तै किसान आन्दोलन लगायत राष्ट्रियताको सवालमा पनि महिलाहरुको सहभागिता रहदै आएको पाउँछौं । झाँसिकी रानी लक्ष्मी वाइवा,नालापानीको लडाई लगायत यसको उज्वलन्त उदाहरण हुन् ।

नेपालमा राजनीतिक चेतनास्तरको दृष्टिले केही औंलामा गन्न सकिने महिला संख्या राणा विरोधी संघर्ष बाटै देखा परेर २०४६ साल देखि २०५२ साल सम्म आईपुग्दा राजनीतिक चेतनाको केही अगाडि बढेको भएतापनि त्यो विकासको क्रम केही मात्रात्मक र सुस्त थियो । तर २०५० साल पछिको अवस्थामा भने गुणात्मक फड्को मारेको छ । समाजको आधा हिस्सा ओगटेका महिला समुदायहरु वर्गियका साथै लैगिंक शोषण, उत्पीडनको शिकार भएका छन् । किनकी मान्छेले मान्छे माथि शोषण,दमन, अन्याय, अत्याचार र उत्पीडन हजारौं बर्ष देखि गर्दै आएको छ ।

समयको गति सँगै दमन र उत्पीडनका रुपहरु पनि फेरिर्दै आईरहेका छन् । जहाँ गरिखाने वर्ग भन्दा ठगी खाने र बसिखाने वर्गको मुल्य मान्यता जव जस्तै स्थापित भएको छ । सम्पूर्ण राज्य सत्ताको बागडोर उनकै हातमा रहेकै कारण औंलामा गन्ने केही महिला बाहेक, आम नेपाली महिलाहरु भने परम्परागत अभ्यासमा आफुहरु रहनु परेको स्थान र हैसियतलाई भाग्य र कर्मको नियति सम्झेर चित्त बुझाउँथ्र्ये ।

तर जनयूद्ध शुरु भईसकेपछि धेरै महिलाहरु भाग्य र कर्मवादी मानसिकता बाट माथि उठेर क्षमता विकासका लागि अवसर र वातावरणको आवश्यकता भएको तथ्यलाई स्पष्ट बुझ्ने भएका छन् । अवसर र वातावरण पाए भने कुनै पनि क्षेत्रमा पुरुष भन्दा महिला कमजोर छैनन् भन्ने कुराको पुष्टि विगत देखि वर्तमान सम्म आईपुग्दा इतिहासले गरिदिएको छ ।

भाषा र प्रस्तुतिमा फरक होला तर पूर्व मेची देखि पश्चिम महाकाली सम्मका महिलाहरुलाई क्षमता र प्रतिभा देखाउने वातारण राज्यले सिर्जना गरिदिन पर्छ । विगतको तुलना गर्दा अहिले राज्यका विभिन्न निकायमा महिला सहभागिता केही बढी देखियता पनि यसैलाई प्रर्याप्त भन्न चाहि नमिल्ला की ?

राज्य सत्ता परिवर्तनका साथै महिला मुक्तिका लागि भएका आन्दोलनहरुमा पनि महिलाहरुको सहभागिता उल्लेख्य रुपमा भएको कुरा सबैलाई सर्वविहीतै छ । अर्काे तर्फ हेर्दा नेपालमा अहिले सम्म शासन व्यवस्था धेरै फेरिएपनि निती, नियम, कानुनहरुमा फेरिन नसक्ला एकाधँ महिलाहरु बाहेक धेरै नेपाली महिलाहरुले मुक्ति र स्वतन्त्रताको अनुभुति गर्न सकेका छैनन् ।

किनकी जनयूद्धको शुरु सँगगंगै वर्गिय मुक्तिका लागि उत्पीडनमा परेका सयौं दिदीबहिनीहरु हिमाल, पहाड र तराईमा बसोवास गर्ने सबै जाती, वर्ग, लिंग, क्षेत्रबाट महिलाहरुको सहभागिता व्यापक बन्न पुग्यो । यता सहरमा विलासिताको जीवन विताईरहेका केही दिदीबहिनीहरुमा पनि जनयूद्धको राम्रो प्रभाव पर्यो र महिलाहरु रोग, विलासिता र मनोरञ्जनको साधन मात्र हैन् । अधिकारयूक्त सचेत मानव पनि हुन भन्ने चेतनाको विकास हुदै आएको छ ।

बुझेर वा नवुझेर शुरुका दिनहरुमा जनयूद्धको विरोध गर्दै हिड्ने केही महिलाहरु आज जनयूद्धको विकास र महिलाहरुले सबै क्षेत्रमा हाँसिल गरेका उपलब्धी,उचाई र लक्ष्यलाई चुमेका कारण सकरात्मक सामाजिक प्रभावका सम्बन्धमा कयौं, पुस्तक, लेख, रचना, आदि मार्फत महिला मुक्तिका सन्देशहरु आम नेपाली जनतामाझ पुर्याउने चेतनाको माध्यममा बनेका छन् ।

विगतलाई नियाल्दा जनयूद्धमा जव उत्पीडन महिलाहरुको सागर सरी भेल उर्लियो । तव क्रान्ति विरुद्ध र महिला मुक्ति आन्दोलनलाई माथि उठ्न नदिन भन्दै विष छर्न लागेका कतिपय सञ्चारमाध्यहरुले समेत आफ्ना कार्यक्रमहरुमा महिला उत्पीडनका विरुद्धकाृे विष्फोटित आवाज र सबै क्षेत्रमा महिलाहरुको समानजनक सहभागिता विशेष अधिकार लगायतका नाराहरुलाई अगाडि सारी महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउने क्रममा ठूलोभुमिका खेल्दै आएको कुरा खुशी र सत्य पनि त हो हैन र ?

यता विभिन्न क्षेत्रमा महिलाहरुको स्थितिलाई हेर्दा सशक्तिकरण,मुक्ति र समानताको निम्ती महिलाहरुको सकरात्कम सहभागिता हुने मुख्य क्षेत्रमा पर्दछन् ।

जस्तै आन्दोलन, संगठन, गैरसरकारी संघ संस्थाहरु राजनीतिक पार्टी, सदन, निती निर्माणको तह, सञ्चार, सत्ता, सेना आदिमा । अर्काे पाटोलाई हेर्दा हिजो बोल्न नसक्ने, बोल्दा लजाउने, नयाँ मान्छे देखे पछ्यौरीले मुख छोप्ने महिलाहरु आज कुरीति,कु संस्कार र अन्धविश्वासका विरुद्ध खुलेर प्रतिवाद गर्न सक्ने क्षमताको विकास भएको छ ।

‘क्रोक्रा हल्लाउने हातहरुले संसार हल्लाउन सक्छन्’ भन्दै हिजो घर देखि राज्य राज्य सत्ता सम्म सबै अधिकार बाट बञ्चित बनाएका महिलाहरु अहिले जुनसुकै जिम्मेवारी पाँए पनि सजिलै पूरा गर्न सक्ने क्षमताको विकास गरेका छन् । यो पनि परिवर्तनशील आन्दोलन तर्फ मुख्य उपलब्धी हो । कोमलता र शालिनताको प्रतिक मानिस सामन्ति दासत्व र पश्चिमी छाडा पुँजीवादी उपभोक्तावादको जालोमा पिल्सिरहन परेको अवस्थाको विरुद्धमा महिला विद्रोह,क्षमता र भुमिकाको सन्देश विश्वमा फैलन सक्ने गरी सञ्चार र चेतनाको क्षेत्रमा नेपाली महिलाहरुको तिव्र विकास भएको छ । आन्दोलन संगठन, राजनीति, पार्टी, निती निर्माणको तह, गैरसरकारी संस्था, सरकार, सेना, प्रहरी आदि क्षेत्रमा नेपाली महिलाहरुको सहभागिता गुणात्मक ढंगले विकास भउको छ ।

आयमुखी श्रम विभाजनको अभ्यास सम्पतिमाथिको स्वामित्व, आम्दानी खर्च माथिको आफ्नो पुहँचलाई नयाँ गतिमा विकास गरेका छन् । आफ्नो परिचय, केही नभएको र पुरुषकै परिचय हैसियतमा निर्भर पुर्न परेका महिलाहरुले आज परिवार तथा नाता सम्बन्धी, भित्रको शक्ति संरचना र अभ्यासमा आफ्नै स्वत्व र परिचय स्थापित गर्दै समाज र राज्यमा समेत आफुले नेतृत्व गर्न सक्ने गरी व्यक्तित्वको विकास गरेका छन् ।

कानुनी लडाई र आवश्यक पर्दा साँगठनिक बल प्रयोग समेतको माध्यमले लैंगिक आधारमा हुने भुमिका विभाजन सम्बन्धी मुल्य मान्यतालाई चुनौती दिन सकेकोले समाजमा शैक्षिक अधिकार तथा चेतना अभिवृद्धिका अवसरहरु सिर्जना भई अन्धविश्वासका आधारहरुमा हुने दमन विरुद्धको मुक्ति लयायतका लैगिंक समानताको दिशामा साँस्कृतिक रुपान्तरण हुदै गएको छ ।

अन्याय, अत्याचारका विरुद्ध मुक्तिको प्रतिवद्धता शक्ति र लडाकु चरित्र आदिले साहित्यिक अभिव्यक्तिमा स्थान लिन थालेको छ । विगत र वर्तमानमा नेपाली महिलाहरुको अवस्थालाई केलाउँदा जनयूद्ध  पश्चात् नेपालमा भएको परिवर्तन सँगै सबै क्षेत्रका महिलामा पनि ठूलो आधारशिला तयार भएतापनि राजनीतिक,कानुन लगायतका अधिकार पाएपनि व्यवहारमा लागु छैन् । राज्यका संयन्त्रमा महिला सहभागिता बढ्दै गएपनि एकाध महिला बाहेक निर्णय तहमा बञ्चित छन् ।

स्थानीय तहमा पनि न्युन संख्यामा प्रमुख बाहेक सबै उप प्रमुखमा सीमित छन् । यता सात वटै प्रदेशमा हेर्दा प्रमुख महिला छैनन् । सबै उप मात्र त्यसैले त महिला र कानुन वीच अझै समाजमा विभेद कायमै छ । देशभरिको अवस्थालाई नियाल्दा चौधहजार भन्दा बढी महिला जनप्रतिधिहरु छन् । अव महिलाहरुलाई अधिकार सहितको भुमिका दिनुपर्छ । त्यसैले त अव महिला अधिकार कागजका पानामा मात्र हैन व्यवहारमा पनि आउनुपर्छ । सहरमा माह हैन ग्रामीण गाउँ बस्तीका झुपडी झुपडी सम्म पुग्नुपर्छ ।

अनि मात्र हिमाल पहाड र तराईमा बसोबास गर्ने भोटे, शेर्पा, मधेसी लगायतका कतिपय लोपउन्मुख जातीका महिलाहरुले मुक्तिको अनुभुति गर्ने छन् ।

विगतमा भन्दा अहिले यिनै महान विचारलाई पछ्याउँदै जाँदा नेपाली महिलाहरुले केही सफलता हासिल गरेका छन् । स्थानीय र संविधान सभाको निर्वाचनले महिलाहरुलाई ठूलो अवसर प्रदान गरेको छ । इतिहासमै पहिलो पटक यति धेरै महिलाहरु राजनीतिमा आएका छन् । त्यसैले त राजनीतिमा सबै क्षेत्र र वर्गका मानिसहरुको संलग्नताका साथै उनीहरुको निर्णायक अधिकार पनि हुनुपर्छ । अहिलेको सहभागीतालाई हेर्दा सबै क्षेत्रमा प्रर्याप्त छैन् ।

अव पचास प्रतिशत बढाउनुपर्छ । हुन त केही महिलाहरु देशको मुल कानुन लेख्ने ठाउँमा आएका छन् । जस्तै, महिला राष्ट्रपति, सभामुख, प्रधानन्याधिस मन्त्रीहरु विभिन्न निकायमा प्रमुख भुमिका रहदैँ आएका छन् ।

यो सफलतालाई हाँसो र आशुको संगम पनि भन्न सकिन्छ । यसरी अवसर सँगै थपिएका चुनौतीहरु सँग सजग हुनुका साथै, नेपाली महिलाहरुको अवस्थामा परिवर्तन ल्याउन सके अगुवा महिला नेताहरु देशकै महत्वपूर्ण संवाहक बन्नुका साथै यूग यूग सम्म चम्की रहने छन् ।

इतिहासले मागेको अभिभारा पूरा गर्न सके महिला मुक्तिका साथै वर्गीय मुक्ति आन्दोलनले नयाँ काँचुली फेर्ने छ । र सगरमाथाको देश नेपाल बाट विश्व भरीका जनतालाई नयाँ सन्देश दिन हामी सफल रहनेछौं ।

लेखक लामिछाने प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको (उपाध्यक्ष) र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य हुन् ।

तपाईको प्रतिक्रिया