कविता : कुशे हिउँको रूमाल

नेपालीलाई दुई बण्डा बनायो
अमेरिकाको कुचाल
पैसा हाल्यो एमसीसी नाउँ बाट
हेर्छ नेपाल उ आफ्नै ठाउँ बाट
विश्व भरी हतियार धुनको
आफै ठूलो मानिन्छ मनको

मै हुँ भन्छ विश्वमा मोटो
साना देशको लाउँदै छ मन खोटो
ठूलो देशका विरुद्ध सानालाई किन्दो रहेछ
त्यो ठाउँमा जानलाई

त्यस्तो वुद्धि लगायो नेपालमा
फसे नेता त्यो महलो जालमा
सरकार भयो एमसीसी खाइ मर्ने
जनता लठ्ठी गोलि बुट सडकमा पाई मर्ने

हेर्दै होला अमेरिका बसेर
नाङ्गो शरीर खरानी घसेर
अफगान फस्यो युक्रेन जल्दैछ
अमेरिकाको कुमन्त्र चल्दै छ
जनता भन्छ एमसीसी चाहिदैन्
देउवा भन्छन् फर्काउन पाइदैन्

किन धोका दिन्छौ देश सानालाई
ठाउँ त राख मरेर जानलाई
पैसा हाल्ने विकासको नाउ गर्ने
आफू आउने खेल्नलाई ठाउँ गर्ने
मुखमा राम राम बगली म छुरा
हुने छैन् त्यो सपना पूरा ।

तपाईको प्रतिक्रिया