मुक्तक : ‘खुशी लुटेर गई’

जित्ने कोसिस गरेकै हो, हार पाईयो
आज सम्म नभोगेको व्यवहार, पाईयो

खै ! कुन दिन धन कमाउन,मुग्लान पसे आमा
स्वर्ग छोडी नर्क जस्तै संसार, पाईयो

 मुक्तक
यात्रामा भेटिएकी हो, यात्रा मै छुटेर गई
खुशी बनी आएकी हो, त्यही खुशी लुटेर गई

पहिले आफै माया गरी अहिले भुल्देउ भनी
धर्ती सय झै लाग्यो तर ऊ उठेर,गई
               

 मुक्तक
हाँसेर सबै माग्नुपर्ने रिसाएर, भुल गरे
तिमी सामु प्रेमबिन्ती बिसाएर, भुल गरे

बारुद रहेछौं प्रिय तिमीले मुटु जलाई छोड्यौ
बारुद संग प्रेमको आगो मिसाएर भुल गरे

शिवराज शाही
जाजरकोट, हाल सप्तरी नेपाल ।

तपाईको प्रतिक्रिया