
बारेकोट । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोके संगै राजनीतिक दलहरु निकै सक्रिय बनेका छन् । वडा कार्यालय उद्धघाटन, कार्यकर्ता भेटघाट, संगठन निर्माणमा प्रमुख राजनीतिक दलहरु जुटिरहेका छन् । राजनीतिक नेताहरुले चहलपहल अघि बढाएका छन् ।
यस्तै, जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँ नेकपा (माओवादी केन्द्र) का यूवा नेता मानबहादुर विकले आगामी स्थानीय तहको चुनावमा आफ्नो वडाध्यक्षमा उम्मेदवारी रहने बताए ।
विकले हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् । उनले भने, ‘यदि पार्टीले विश्वास गरेर टिकट दियो भने मेरो अवश्य वडाध्यक्षमा उम्मेदवारी रहन्छ ।’
विक जनयूद्धकाल देखि माओवादीको राजनीतिमा सक्रिय छन् । पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर हुदै, वाईसिएल बारेकोटको उपाध्यक्ष, दलित मोर्चाको इन्चार्ज समेत समालि सकेका छन् । उनी अहिले बारेकोट गाउँकमिटी सदस्य हुन् ।
बारेकोट गाउँपालिका २ मा पार्टीको संगठन विस्तार, जनपरिचालन लगायतका काम सक्रिय छन् । त्यहाँका यूवाहरुको आशा र भरोसाका ढुकढुकी समेत विक हुन् । पार्टीका नेताहरुले सकभर आफु टिकट दिनेमा समेत विश्वस्त रहेको विकको भनाई छ ।
















































। २५ फाल्गुन २०७८, बुधबार