नारी दिवसको अवसरमा विपन्न विद्यार्थीहरुलाई जयन्तीको सहयोग

No description available.जाजरकोट । अमेरीकामा वस्दै आएकी युवा समाजसेवी जयन्ती थापाले नारी दिवसका अवसरमा जाजरकोटका १० विपन्न विद्यार्थीहरुलाई पढाइ सहयोगका लागि शैक्षिक सामाग्रीहरु दिएकी छिन् । स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीको समन्वयमा समाजसेवी थापाले त्रिभुवन माध्यमिक विद्यालय खलंगाको कक्षा ११ र १२ मा पढ्ने विपन्न समुदायका १० जना विद्यार्थीहरुलाई उक्त पढाइ सहयोग दिएकी हुन् ।

No description available.

अन्तर्राष्टिय श्रमिक महिला दिवसका अवसरमा समाजसेवी थापाले दिएको सहयोग त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्लले ती विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । विद्यालयमा आयोजित विशेष कार्यक्रमका विच सो विद्यालयको कक्षा ११ का सुप्रभा शाह, सर्मिला रोकाय, हेमराज वस्नेत, रमित भन्डारी र गीता वोहोरा तथा कक्षा १२ का डिलसरी घर्ती, मीना विक, शान्तवहादुर कामी, रोशनी वुढा, रगवीर पुनलाइ प्रधानाध्यापक मल्लले कापी, कलम र अन्य शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरे ।

१० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । यस अघिका वर्षहरुमा पनि समाजसेवी थापाले नारी दिवसका अवसरमा सो विद्यालयका विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिने गरेकी थिइन् । विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री वितरण गर्दै प्रधानाध्यापक मल्लले विदेशी भुमिमा रहेर पनि नेपाली जाति र माटोप्रति देखाउने माया सवैका लागि अनुकरणीय रहेको वताए । उनले जाजरकोटका विपन्न विद्यार्थीहरुका लागि जयन्तीले गरेको सहयोग निकै महत्वपुर्ण रहेको र यसलाइ विद्यार्थीहरुले पनि सदुपयोग गर्नुपर्ने वताए ।

No description available.

यस्तै पढाइ सहयोग सामाग्री पाएकी कक्षा ११ की सर्मिला रोकायले सात समुद्र पारीवाट पनि जाजरकोटका विपन्न विद्यार्थीहरुको लागि पढाइमा सहयोग गर्ने जयन्ती थापा आफुहरुका लागि प्रेरणाको श्रोत भएको वताइन् । उनले आफु पनि भोलिका दिनमा जयन्ती जस्तै मनकारी समाजसेवी हुन चाहेको वताइन् । यस्तै अर्का विद्यार्थी रमित भन्डारीले जयन्तीको सहयोगले आफ्नो पढाइमा ठुलो राहत मिल्ने वताए ।

दुख र आपतमा परेकाहरुलाइ सहयोग गर्दा आफुलाइ निकै सन्तुष्टि मिल्ने गरेको समाजसेवी जयन्तीले वताए । आफु अमेरीकामा भएपनि हरपल नेपालकै माया लाग्ने गरेका कारण दुखी गरिव र पिडामा रहेका नेपालीहरुलाइ साथ दिन मन लागिरहन्छ जयन्तीले भनिन् ।

समाजसेवी जयन्तीले यस अघि जाजरकोटकै ४ जना साहारविहिन वालवालिकाहरुको पढाइको जिम्मा लिएकी छिन् भने विभिन्न समयमा विपन्न वालवालिका, युवा र अन्य जनतालाइ व्यक्तिगत सहयोगमा विभिन्न खाले सहयोगहरु गर्र्दै आएकी छिन् ।

No description available.

दैलेखमा जन्मिएर सुर्खेतमा हुर्किएकी जयन्तीले पश्चिम रुकुमको राडीवजारमा विहे गरेकी छिन् भने अहिले केहि वर्ष देखि अमेरीकामा वस्दै आएकी छिन् । आफनो व्यक्तिगत खर्चमा जयन्तीले कर्णालीका दुइ दर्जन वढी सहाराविहिन वाललाकिाहरुलाइ पढाउने जिम्मेवारी समेत लिएकी छिन् ।

तपाईको प्रतिक्रिया