अन्तर्राष्ट्रिय नारी दिवस जाजरकोटको छेडागाडमा पनि धुमधामका साथ मनाइयो

No description available.
रामचन्द्र घर्ती, जाजरकोट । आज मार्च ८ अर्थात ११२ औँ अन्तराष्ट्रिय नारी दिवस । यो दिवस आजको दिन देशभर विभिन्न कार्यक्रम गरी मनार्ईएको छ ।

महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेखका दिन अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइएको छ ।

यसै क्रममा जाजरकोटको छेडागाड नगरपालिका र सहकर्मी समाज जाजरकोटले विभिन्न कार्यक्रम गरि १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । समाजिक न्याय र लैंगिक समानता, दिगो बिकासको सुनिश्चितता भन्ने मुल नाराका साथ सडक नाटक, लोक गित र अन्तरक्रिया कार्यक्रम गरि मनाइएको सहकर्मी प्रविन केसीले जानकारी दिनुभयो ।

No description available.

दिवसको अवसरमा ७० बर्ष भन्दा माथिका वृद्ध आमाहरू लाई दोसल्ला ओढाएर सम्मान गरिएको केसीले बताउनुभयो ।

जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी सहितको अधिकार प्राप्ती हुनुपर्नेमा उपप्रमुख सरिता वलीको जोड थियो ।

आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन हो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इटा थप्ने काम गर्दछ ।

अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंग विवस आर्सीको भनाई छ ।

तपाईको प्रतिक्रिया