एमसीसी विरुद्ध सल्लीबजारमा विरोध प्रर्दशन

No description available.

सल्लीबजार । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव)ले आज ( सोमबार) सल्लीबजारमा एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेको छ । सरकारले प्रतिनिधी सभा बाट एमसीसी अनुमोदन गरे संगै विप्लव सहित आठ राजनीतिक दलहरुले एमसीसी विरुद्ध विरोध प्रर्दशन गरिरहेका छन् ।

सोही अनुसार पार्टीको केन्द्रीय सर्कुलर अनुसार वनगाड नगरपालिकाको सल्लीबजारमा विरोध प्रर्दशन गरिएको हो । विराध प्रर्दशनलाई कोण सभामा समेत परिणत गरिएको थियो ।

No description available.

कार्यक्रममा बोल्दै नगर इन्चार्ज गणेश क्षेत्री ( मार्सल) ले एमसीसी राष्ट्रघाती र एमसिसी सत्ता र सरकारमा रहेरका दलालहरुले जवर्जस्त पास गर्न खोजे पनि अमेरिकी साम्राज्यवादलाई यो कुरा स्मरण हुनेछ, कि नेपालका स्वाधीन नागरिक देशभक्त नागरिक क्रान्तिकारीहरुले अस्विकार गरिरहेका छन्, त्यहाँ विद्रोही सचेत योद्धाहरु पनि छन् । जो सडकमा विद्रोहको मसाल बालिरहेका छन् ।

No description available.

जवर्जस्त पास गरे पनि भोलि सम्पुर्ण कुरा ध्वस्त पार्ने छन् र नेपाल बाट एमसिसी प्रोजेक्ट र आफ्नो स्वार्थ पूरा गर्न दुनियाँ आफ्नो प्रभुत्व जमाउनका लागि सैन्य अखडा अरु देशमा खडा गरेजस्तो नेपालमा त्यो सम्भव नभएको केवल साम्राज्यवादको दिवा सपना भएको बताउदै जो वाइडेन अमेरिक सत्ता अमेरिकी साम्राज्यवादलाई चुनौती दिन बेलैमा सोच्न र नेपालका दलालहरुले जनताबाट नाङ्गे भार बनाउन जनताको ताकत नै अहिलेको सडक संघर्ष हो ।

त्यसैगरी, जिल्ला सदस्य कालुराम वादि (सुर्य) ले नगर भित्र रहेका वेतिथि भ्रष्टाचार, अनियमितता, दमन, शोषण र दलाल जनप्रतिनिधि र संसदीय व्यवस्थाको विरुद्धमा कडा रुपमा आफ्नो आवाज बुलन्द गरेका थिए । सयौंको संख्यामा युवा विद्यार्थी र बजारबासिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया