
जाजरकोट । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
भेरी नगरपालिकाको आयोजना, सहकर्मी समाज, यार्सन नेपाल, सुन्दर नेपाल, ईन्सेक, पहाडी क्षेत्र विकास अभियान र आशा आयोजनाको साझेदारीमा खेलकुद कार्यक्रमको आयोजना गरी नारी दिवस मनाईएको हो ।
सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्तिता (Gendrer Eqaulity Today For A Sustainable Tomorrw_ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो ।

नारी दिवसको अवसरमा घैटो फोर, कुर्सी दौड लगायतका कार्यक्रमको आयोजना गरी नारी दिवस मनाईएको सहकर्मी समाज जाजरकोटका शुसासन अधिकृत कृष्णप्रसाद अधिकृतले जानकारी दिए । चम्चा दौड खेलको समेत आयोजना गरिएको थियो । खेलमा विजेताहरुलाई उचित पुरुस्कार समेत वितरण गरिएको छ । यस्तै महिला माथि कुनै किसिमको हिंसा नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन समेत गरिएको छ ।

















































। २४ फाल्गुन २०७८, मंगलवार