सहिद परिवारको घरदैलोमा नेपाल कम्यूनिष्ट पार्टी

No description available.
प्रेम विश्वकर्मा
जाजरकोट । यति बेला नेपाल कम्यूनिष्ट पार्टी जनयुद्ध तथा जनआन्देलन र एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका सहिद परिवारको घरदैलोमा पुगेको छ । फागुन १४ गते देखि २१ गते सम्म भएको सहिद सप्ताहको अवसर पारी देशव्यापी रुपमा नेपाल कम्यूनिष्ट पार्टी सहिद परिवारहरुको गुनासो सुन्न घरदैलो भेटघाट कार्यक्रम गरिरहेको छ । भेटघाट कार्यक्रमको अवसरमा सहिद परिवारहरुको गुनासोहरुलाई सम्बोधन गर्दै उहाँहरुलाई जनयुद्धमा परिवारले गरेको योगदानको कदर गर्दै सम्मान पनि गरिएको छ ।

केन्द्र पार्टीको निर्देशनअनुसार जाजरकोटमा पनि पार्टी प्रतिनिधिहरु सहिद परिवारको घरदैलाृमा पुगेका छन् । सहिद परिवारहरुलाई सम्मान गर्दै उहाँहरुको गुनासो सुन्ने कार्यक्रम जिल्ला भरि गरिरहेको नेकपा भेरी नगरपालिकाका इन्चार्ज हिमालले बताउनुभएको छ ।

प्रचण्डले हिजो रुपान्तरणको बाटो देखाएर आज आफूले नै बाटो बिराएको उहाँहरुको गुनासो रहेको छ । महान् सहिदहरुले देखेका सपना माला तानेर उनीहरुको रगतको अपमान गरेको सहिद परिवारले गुनासो पोखेका छन् । यति बेला बिप्लव प्रति केही आशा पलाएको उहाँहरुको भनाइ रहेको छ ।

जनयुद्धकै क्रममा आफूले २ बर्षको अवस्थामा बुवा गुमाएका भेरी नगरपालिका १२ का सहिद इन्द्रलाल आचार्यका छोरा अटल आचार्यले राज्यले बुवाको बलिदानको कदर नगरेको पिडा पोख्छन् । वुवाको अनुहार नदेखेका आचार्यले पार्टीलाई नै अभिभावक माने पनि पार्टीले अभिभावकत्व निभाउन नसकेको बताए ।

बामपन्थि कम्यूनिष्ट पार्टीहरु एक भएको हेर्न चाहेको आसय सहिद परिवारको रहेको अखिलत्र mान्तिकारीका केन्द्रिय सदस्य बिराजन शाहीले बताए । नेपाल कम्यूनिष्ट पार्टीले राष्ट्रियताको एजेण्डा बोकेर हिडे आफूहरुले साथदिने प्रतिबद्धता गरेको शाहीले व्यक्त गरे । घरदैलो कार्यक्रम निरन्तर नलगाडमा पार्टीका केन्द्रिय सदस्य संगमको नेतृत्वमा चलिरहेको छ । त्यस्तै बारेकोट गापा,शिवालय गापा,जुनिचाँदे गापा,कुशे गापा र छेडागाड नपामा पनि घरदैलो कार्यक्रम चलिरहेको संगमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया