गजलकार पुष्कर पराग चन्दको गजल गीत

No description available.खलंगा । जाजरकोटी गजलकार पुष्कर पराग चन्दको ‘तिमी नभएपछि’ गजल गीत रेकर्ड भएको छ । चन्दको शब्द रचनामा चर्चित गायक हेमन्त शिशिर आवाज सजिएको गजल गीत रेकर्ड भएको हो । गीतको एरेन्ज विपीन किरणले गरेका छन् ।

भेरी नगरपालिका ५ छिप्रेना घर भई हाल सानिभेरी गाउँपालिका रुकुम पश्चिममा शिक्षण पेशा गर्दै आएका चन्द यूवा पुस्ताका आश लाग्दो गजलकार हुन् । अबको केही दिनमा उक्त गीत सार्वजनिक हुने चन्दले बताए ।

म्यूजिक स्टुडियो अफिसियल यूटुब च्यानलबाट सार्वजनिक हुने भएको छ । भिडियो इडिटको जिम्मा प्रजित विसीले लिएका छन् ।

गजल गीतको दुई शेर
मनमा अनेक कुरा खेल्छन तिमी नभए पछि
अर्थविहिन लाग्छ जिवन तिमी नभए पछि
जब जब तिम्रा याद आउन थाल्छन उर्लिर,
ठप्प हुन्छ यता धड्कन तिमी नभए पछि ।

तपाईको प्रतिक्रिया