बारेकोटमा १७० किलोवाट सोलार मिनिग्रेट


जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १ सय ७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ ।

४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए ।

बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजनाहरू अगाडि बढाइने बताए।

उनले भने, ‘बत्ती बाल्ने मात्र नभई कुटानी ,पिसानीको काम समेत यही पावरबाट हुनेछ , तपाइको दुख नै हाम्रो दुख हो। हामी दुखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहन्छ ु।’

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको यो तोलखाना , नायकबाडा, पाखा लगाएतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयबासीहरु खुसी भएको स्थानीयबासी खड्कविक्रम शाहीले बताए ।

उनले भने ,‘हाम्रो भरोसा र आशाको दियो जसलाइ हामीले भोट हालेर विजयी गराएका छौँ उहाँले नै हामीलाई विकास निर्माणका साथै सौर्य ऊर्जासमेत दिनुभयो। हामी खुसी छौँ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाइ उज्यालो पु¥याउने अर्थका साथ काम गरिरहेको बताए। हामीले तीन तहकै सरकारसँग सहकार्य गदै विकास निर्माणका कामलाइ तिव्रता दिएको जानकारी दिए।

कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत आयोजनाको अवस्थाका बारेमा हप्ता दिन भित्र रिर्पोट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युतको समस्य भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए ।

नलगाड जलविद्युत आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्याम स्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए। कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनाहरु समेत निर्माण कार्य थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया