
जाजरकोट । गत माघ २३ गते कर्णाली प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा जाजरकोट बाट निर्वाचित प्रत्यक्ष सांसद गणेशप्रसाद सिंह नियूक्त भए ।
मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक आफ्नो गृह जिल्लामा आएका मन्त्री सिंह यतिवेला निर्वाचन क्षेत्रका विकासी कामको उद्धघाटनमा व्यस्त देखिन्छन् । प्रदेश सरकार मार्फत सञ्चालन भएका विकास निर्माणका आयोजनाको अनुगमन पनि गरिहेका छन् ।
फागुन १३ गते जाजरकोट पुगेका सिंहले यहाँका सरकारी कार्यालयको अनुगमन, प्रगति विवरण, भेटघाटलाई प्राथमिकता दिएका थिए । १४ गते विहान भेरी नगरपालिका १ कालेगाउँ स्थित शिव माद्यामिक विद्यालयका विद्यार्थी र अभिभावक संग छलफल गरे ।
त्यही दिन रिम्ना स्थित सहिद पार्कमा पुगेर जनयूद्धमा ज्यान गुमाएका सहिदहरुको तस्विरमा मार्लापन गरी नलगाड नगरपालिका तिर लागे । नलगाड नगरपालिका ५ खानटाकुरामा बलिदान दिवसको अवसरमा सहिद परिवारलाई सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्त्री सिंह थिए । उनले त्यहाँ सहिदहरुको रगतले आज यहाँ सम्म आएको बताएका थिए ।
उनले भने, ‘सहिदको रगतले आज हामी यो व्यवस्थामा छौं, हामीले अवसर पाएका छौं, आफुले आफ्नो प्रदेशका लागि जतिसके त्यही काम गर्नेछौं ।’ १५ गते ऊर्जा विकासमन्त्री सिंहले बारेकोट गाउँपालिका–८ र नलगाड नगरपालिका–५ जोड्ने नलसिंहगाड माथि बन्न लागेको मोटरेबल पुलको शिलान्यास गरेका थिए । उनले स्थानीय जनताको आवश्यकतालाई मनन गरेर प्रदेश सरकारले पुल निर्माण थालेको बताए ।
कर्णाली प्रदेश सरकारले उक्त पुल निर्माणका लागि चालु आव २०७८÷७९ मा रु पाँच करोड बजेट विनियोजन गरेको छ । पुल निर्माण भने बहुवर्षीय आयोजना अन्तर्गत हुने जनाइएको छ । भेरी नगरपालिका–१० भुरचौर सिँचाइ आयोजना, लिफ्ट सिँचाइ र तटबन्धको अनुगमन गरे । त्यसैगरी, मन्त्री सिंहले बारेकोट गाउँपालिका–१ जाजरकोट स्थित रु ५० लाख निर्माण कार्य सम्पन्न भएको जुनी बाल संरक्षणको भवन उद्घाटन गरेका थिए ।
बारेकोट गाउँपालिका २ मा निर्माण हुन लागेका खानेपानीको समेत उद्धघाटन गरे । विकास निर्माणका लागि आफ्नो छुट्टै परिचय बनाएका सिंह मन्त्री बनेपछि जाजरकोट पुगेपछि यहाँका जनताका निकै हर्षित बनेका छन् । यहाँ बन्न लागेका विकास निर्माणका एक दर्जन भन्दा बढी आयोजनाको शिलान्यास, अनुगमन गरेका थिए ।
भेरी नगरपालिका, नलगाड र बारेकोट गाउँपालिका जनताको आवश्यकता बुझ्न घर दैलौमा व्यस्त देखिएका छन् । मन्त्री सिंह जाजरकोटी जनताका रुचाएका नेताका रुपमा परिचित छन् । टेलिफोन टावर बनाउने देखि अन्य काममा निकै सक्रिय सिंह जाजरकोटको परिचय बदल्ने संकल्प बोकेको बताउँछन् ।
















































। १७ फाल्गुन २०७८, मंगलवार