आफुखुशी उम्मेदवारी घोषणा गरे कारवाही !

आफुखुसी उम्मेदवारी घोषणा गरे कारवाही !
जाजरकोट । आफुखुशी चिया पसल र चोक चोक लगायतका सार्वजनिक स्थलमा उम्मेदवारी घोषणा नगर्न नेपाली काँग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेपाली काँग्रेस जाजरकोट प्रदेश सभा (ख) क्षेत्रिय कार्यसमितीले कार्यक्षेत्र भित्रका छेडागाड नगरपालिका, शिवालय गाँउपालिका, कुशेका केही वडा र जुनीचाँदे गाँउपालिका भित्रका कार्यकर्तालाई आफु खुशी उम्मेदवारी घोषणा गरेको पाईए कारवाही गर्ने चेतावनी दिएको छ । बुधवार बसेको क्षेत्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी निर्वाचनमा पार्टीलाई कमजोर बनाउने गरी आफु खुशी वडा सदस्य, वडाध्यक्ष, गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख उपप्रमुख र प्रदेश साँसद पदमा उम्मेदवारी घोषणा नगर्न क्षेत्रिय कार्यसमितिले निर्देशन दिने निर्णय गरेको क्षेत्रिय सभापति जनकराज शर्मा न्यौपानेले जानकारी दिए ।

आफु खुशी उम्मेदवारी घोषणा गर्दा विपक्षी पार्टीले चलखेल गर्ने, उचाल्ने र पार्टीमा मनमुटावको स्थिति सिर्जना हुने भएकोले उम्मेदवार घोषणा नगर्न निर्देशन दिने निर्णय गरेको सभापति न्यौपानेले बताए । पार्टीमा लगनशीलता, जनप्रियता, इमान्दारीता र त्यागी कार्यकर्ता तथा नेतालाई उचित स्थान दिइने भएकोले अनुशासनमा बस्न सवैलाई आग्रह गरेका छन् । कार्यकताको उचित मुल्यांकन हुन्छ । सवै ठाँउमा जित्ने गरि उम्मेदवारको टुङ्गो लगाउँछौ उनले भने ।

तपाईको प्रतिक्रिया