२७ औं बलिदानी दिवसको अवसरमा नलगाडका ८६ सहिद परिवारलाई सम्मान

No description available.
नलगाड । २७ औं बलिदानी दिवसको अवसरमा नलगाडका ८६ शहिद परिवारलाई सम्मान गरिएको छ । शहिद तथा घाइते परिवार उत्थान कृषक समुहको आयोजनामा नगरपालिका भित्रका ८६ शहिद परिवारलाई सम्मान गरिएको हो ।

No description available.

महान जनयूद्धको वेला ज्यान गुमाएका तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरिएको कृषक समुहका अध्यक्ष राममाया हमाल( शाही) ले जानकारी दिईन् ।

माओवादी जनयूद्धको आधार ईलाकाको रुपमा समेत नलगाडलाई चिनिन्छ । यहाँका धेरैले जनयूद्धमा ज्यान गुमाएका थिए । अहिले पनि यहाँका धेरै नागरिक वेपत्ता रहेका छन् ।

No description available.

सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाईमन्त्री गणेशप्रसाद सिंहले शहिदहरुको बलिदानले आज देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको बताए ।

उनले भने, ‘शहिदहरुको बलिदानीले आज हामी यो व्यवस्थामा आएका छौं, महान शहिदलाई हामीले कहिले पनि भुल्ने छैनौं ।’

No description available.

तपाईको प्रतिक्रिया