ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरोका कारण १४६ जनाको मृत्यु, १९१ जना अझै बेपत्ता


ब्राजिलको पेट्रोपोलिस र राजधानी रियो दि जेनेरियोमा अबिरल वर्षाका कारण आएको बाढि पहिरोमा परि १४६ जनाको मृत्युको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २७ बालबालिकाहरू रहेको अधिकारीहरूले बताएका छन् । बाढी र पहिरोमा परि १९१ अझै बेपत्ता रहेका छन् । बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्यमा समेत बाधा पुगेको छ । आपतकालिन टोलीले पटकपटक खोजी गरे पनि मुसलधारे वर्षाका कारण काम ठप्प भएको छ ।

बेपता मध्ये  कसैलाई जीवितै भेट्ने आशा निकै कमै रहेको अधिकारीहरुले बताएका छन् । बाढि प्रभावित क्षेत्रहरूका ९ सय भन्दा बढी मानिसलाई विद्यालय र आश्रयस्थलमा राखिएको छ । त्यहाँका स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएको छ ।

आज पाँचौ दिन पनि वर्षा जारी छ । सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको त्यहाँका उद्धारकर्मीहरुले जानकारी गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया