‘ढुङ्गा पुलिसलाई होइन्, आफ्नो दुई जिब्रे नेतालाई हान्नुहोस्’


गणेश रावत
कोहलपुर । एमसीसी विरोधमा उत्रिएका प्रदर्शनकारीले र सुरक्षामा खटिएका प्रहरीहरुलाई ढुङ्गा प्रहार गरेको प्रति युवा नेता तथा नेपाली काङ्ग्रेस जुम्ला प्रदेश क्षेत्रीय सचिव जंग रोकायाले आपत्ति जनाएका छन् । अहिले देशभर अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध भइरहेको छ । एमसीसी नेपालको हितमा छैन भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ता सडकमा आन्दोलन गरी रहेका छन् ।

उनले आन्दोलनमा रहेकालाई प्रहरी ,शस्त्र प्रहरीलाई ढुङ्गा नहान्न अनुरोध गरे । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,  ‘ढुङ्गा पुलिसलाई होइन, आफ्नो दुई जिब्रे नेतालाई हान्नुस ।’ प्रहरी पनि हामी जस्तै मान्छे हुन्,उनीहरुलाई पनि पीडा हुन्छ, उनीहरुको पनि परिवार छ, उनीहरुको पनि देश प्रति माया छ, दिनरात घामपानी नभनी हाम्रो सेवामा छन्, तिनीहरुलाई होइन् ढुङ्गा दुई जिब्रे नेतालाई हानौ, देश प्रतिको माया र हाम्रो सुरक्षाको लागि हामी दशै मनाउँदा उनीहरु सिमा क्षेत्रको शुरक्षामा हुन्छन् ।

हामी सत्दा रोडमा डिउटी गर्छन, अनि उनिहरुलाई ढुङ्गा गाली किन ? भनेर प्रश्न गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा कतिपय सुरक्षाकर्मी र कार्यकर्ता समेत घाइते भएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया