
काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसिसी अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय नेपालको हातमा रहेको स्पस्ट पारेको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमसिसी अनुमोदन गर्ने वा नगर्ने निर्णय केबल नेपालको सार्वभौम विषय भएको प्रष्ट पारेको हो । यसमा अमेरिकाको कुनै हस्तक्षेप नरहने पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
यस्तो छ विज्ञप्ति
नेपाल–यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ।
नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।
५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ।
यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ ।
















































। ७ फाल्गुन २०७८, शनिबार