सिडिओ देवकोटाका बाह्र महिना

जाजरकोट प्रकृतिले निकै सुन्दर छ, यहाँ प्रचुर सम्भावना छ, विकासले गति लिईरहेको छ ।

जाजरकोट । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको विदाई गरिएको छ । कर्मचारी मिलन केन्द्र जाजरकोटको आयोजनामा स्वागत तथा फेरी भेटौला कार्यक्रम गरी प्रजिअ देवकोटाको विदाई गरिएको हो ।

गृह मन्त्रालयले विहीबार मन्त्रीस्तरीय निर्णय गरी प्रजिअ देवकोटाको बर्दिया सरुवा गरेको थियो । जाजरकोटमा प्रजिअको जिम्मेवारी रामबहादुर शाहीलाई दिईएको छ । एक बर्ष सम्म जाजरकोटमा सिडीओको जिम्मेवारी सम्हाली जिल्लाको शान्ति, सुशासन, सुरक्षा निकायमा देवकोटाले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

जिल्लामा निर्माण व्यवसायीको लाप्रवाहीले धेरै ठेक्का अलपत्र पर्ने गरेको देवकोटाले गुनासो पोखे । उनले भने, ‘जाजरकोट प्राकृतिक हिसाबमा निकै सुन्दर छ, यहाँ अनेक सम्भावना पनि छ, विकासको गति पनि तिव्र रुपमा अघि बढिरहेको छ तर यहाँका निर्माण व्यवसायिको लाप्रवाहीले धेरै योजना अलपत्र पर्ने गरेको छ ।’

No description available.

देवकोटाको कार्यकालमा भए केही उपलब्धीहरु
२०७७ साल चैत्र २४ गते प्रमुख जिल्ला अधिकारीको रुपमा प्रेमप्रसाद देवकोटा जाजरकोट आए । यहाँ आएदेखि जिल्लाको सुशासन, शान्ति, सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरे । सुरक्षाका दृष्टिकोणले अस्थायी प्रहरी पोस्ट स्थापना देखि वेलुका छ बजे सम्म नागरिकलाई सेवा प्रवाह गर्न तयार भए ।

सरल, भद्र, मिजासिला स्वभावका देवकोटा जाजरकोटी नागरिकका लागि सेवा प्रवाहमा रातदिन खटिए । केही फाटफुटमा हत्या, हिंसाका घटना घटेपनि विगत जस्तो जिल्लामा ठूला हिंसात्मक गतिविधी उनको कार्यकालमा भएनन् ।

छिमेकी जिल्ला जुम्लामा जन्मिएका देवकोटाको प्रजिअको कार्यकाल भने पहिलो अनुभव हो । अनुभव पहिलो भएपनि धेरै पटक सिडीओको जिम्मेवारी सम्हाले जस्तो काम गरे । वैदेशिक रोजगारीमा जाने यूवायूवतिका लागि आप्रवास सम्बन्धी परामर्श सेवाको सुरु, ठेकेदारलाई बारम्बार ताकेता गरी विकास निर्माणको काममा जोड, सूचनामा नागरिकको पहँच, भ्रष्टाचार अन्त्यका लागि पहल, नागरिकता वितरण लगायतका काममा देवकोटा सधैं अग्रसर रहे ।

कोरोना महामारीको दोस्रो लहरका वेला जाजरकोटबासीमा सचेतना फैलाउने देखि, समन्वयको पहलमा एकदमै अग्रसर भएर देवकोटाले भुमिका निर्वाह गरे ।

कोभिड १९ को दोस्रो लहरमा जाजरकोट जिल्लामा सबै पक्ष बिच समन्वय, दरबार क्षेत्रमा बगैचा निर्माण तथा सुरक्षित आप्रवासनको हेल्प डेस्क सञ्चालन, विद्युत, टेलिफोन खानेपानी लगायतका सार्बजनिक सेवालाई गुणस्तर बनाउन पहल, निर्माण व्यवसायीलाई बारम्वार झक्झक्याउँदै विकास निर्माणका काममा सहजिकरण, सेवाग्राहीको हितलाई मध्यनजर गर्दै साँझ पख सम्म सेवा प्रवाह, सबै पालिकामा पुगि गुनासो व्यवस्थापन ।

No description available.

सवारी दुर्घटनामा परि घाइतेहरुको तत्काल उद्धार गर्न हेलिकप्टरको व्यवस्थापन, अत्यावश्यक स्थानमा प्रहरी पोस्ट स्थापना, अन्य स्थानमा पहल, गर्भवती महिलालाई तत्काल हवाई उद्धार गरी १५ जना भन्दा बढी गर्भवती उद्दार, बारेकोट गाउँपालिकामा २०७६ सालमा बाढी पहिरोबाट पुर्ण विस्थापित भएका ७३ घरधुरीको घर निर्माण कार्य सञ्चालन , गृह मन्त्रालयले गरेको मुल्यांकनमा जाजरकोट जिल्लालाई उत्कृष्ठ राख्न सफल लगायतका महत्वपूर्ण कामहरु गरेका थिए ।

यति मात्र होइन् जुनीचाँदे बारेकोटमा नमस्ते मोबाईल सेवा, कुशेमा सञ्चालनको तयारी समेत उनकै कार्यकालमा भयो । गृहको मुआब्जामा भएको समस्या समाधान गरी कार्य सुरु, नलगाड हाईड्रोपावरको मुआब्जा मुल्यांकन कार्य सुरु गरे ।

तपाईको प्रतिक्रिया