निर्माण हुँदै अलपत्र पर्दै योजना, खानेपानीको अभावमा स्थानीय

भुपेन्द्र नेपाली
खलंगा । जिल्लाको बारेकोट गाउँपालिका २ का स्थानीयहरुले बर्षौं देखि खानेपानीको अभाव खेपिरहेका छन् । पटक–पटक खानेपानी योजनाहरु निर्माण हुँदै अलपत्र पर्दै गरेपछि स्थानीयहरुले खानेपानीको अभाव खेप्नु परेको हो । हान्यारा, खारापानी, काँध, घुमेखोला लगायतका खानेपानीका योजनाहरु उपभोक्ता समितीको चरम लापरवाहिकका कारण अलपत्र परेको एक स्थानीयले बताए । उनले भने ‘सरकारले आद्युनिक कृषि उत्पादन बृद्धि गर्नका लागि सिचाईको व्यवस्था गर्नु पर्नेमा उचित खानेपानीको व्यवस्था समेत गर्न नसक्नु लाज मर्दो कुरा हो ।’

यी खानेपानीका योजनाहरु मात्र नभई तत्कालिन समय गाउँ विकास समिती र जिल्ला विकास समितीको बजेटमा निर्माण थालिएका यस्तै थुप्रै योजनाहरु अलपत्र परेको बारेकोट गाउँपालिका २ स्थानीय प्रेमबहादुर नेपालीले बताए । निर्माण थालिएका योजनाहरु उपभोक्ता समिती र अनुगमन टोलीको लापरवाहीका कारण अलपत्र परेका हुन् । उनले भने ‘सम्बन्धीत योजनाहरुको अहिले सम्म सार्वजानिक सुनुवाई भएको छैन । कोही योजनाहरुको बजेट सम्म खुलेको छैन ।’

स्थानीयहरुलाई उचित खानेपानीको व्यवस्था गर्नका लागि फुलवारी खानेपानी आयोजनको निर्माण गरिरहेको वडा नं. २ वडाध्यक्ष कर्णे कामीले बताए । ‘उनका अनुसार उक्त आयोजनाको काम केही सम्पन्न भईसकेको र केही हुन बाँकी रहेको छ ।’

वर्तमान समय प्रयोग भईरहेको भैसामारे खानीपानी केही समय यता संञ्चालनमा आउन सकेको छैन । सडक निर्माण गर्ने क्रममा खानेपानीको पाईपहरु भाँचिदा उनक्त खानेपानी संञ्चालन हुन सकेको छैन् । वडा नं. २ अयर्नाका करिब १ सय २० घरधुरीले विगत लामो समय देखि ५ वटा धाराको पानीको प्रयोग गर्दै आएको स्थानीय पुरुण नेपालीले बताए । उनका अनुसार ‘यी घरधुरीले प्रयोग गर्ने अयर्ना माँझगाउँ धारा, भैसारमारे धारा, झारमौरी धारा, महरको धारा, गाँरेपानी धारा लगायतका पानीका मुहानवाट यहाँका स्थानीयहरुले पानीको आवश्यकता परिपुर्ति गरिरहेका छन् ।’

उक्त खानेपानी अवरुद्ध भएपछि भुरार, बियूँरी, मुग्रेगाउँ, रोकायगाउँ, धियारगाउँ लगायतका करिब ६ सय घरपरिवारले आनेपानीको अभाव खेप्नु रहेको छ । स्थानीयहरुको समस्याको समाधानको लागि तत्काल स्थानीय सरकारले केही पहल नगरेको स्थानीय पुर्ण बहादुर नेपालीले बताए । उनका अनुसार ‘स्थानीय सरकारले तत्काल केही पहल नगरेमा यहाँका स्थानीयहरुले आउँदा दिनहरुमा खानेपानीको अभाव अझै खेप्नुपर्छ ।’

तपाईको प्रतिक्रिया