जनयूद्ध दिवसको अवसरमा खुल्ला भलिवल प्रतियोगिता

No description available.
शुनिल सिंह
डोल्पा । जनयुद्ध दिवसको अवसरमा डोल्पामा आयोजना गरिएको वीरजंग स्मृति खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी नलगाड नगरपालिका १३ जाजरकोटको टीमले जितेको छ । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) डोल्पाले आयोजना गरेको प्रतियोगिताको उपाधी जितेको हो ।

दोस्रो मुड्केचुला भलिवल टीम र तृतिय स्थान सूर्यमुखी यूवा क्लवले प्राप्त गरेका छन् । भलिवल प्रतियोगिताको प्रथम टीमले ५० हजार सहित मेडल र प्रमाण पत्र पाएको छ भने, दृतियले ३० हजार र तृतियले २० हजार सहित मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगितामा जम्मा छ टीमको सहभागिता रहेको थियो । फागुन २ गते उक्त खेलको उद्धघाटन गरिएको थियो । जनयूद्ध दिवसको अवसरमा जिल्ला कमिटी डोल्पाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको थियो । दीपप्रज्वल, शुभकामना आदान प्रदान सहित जनयूद्ध दिवस मनाएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि धमिलले महान दश बर्षे जनयुद्ध देश र जनताले वर्गिय मुक्ति, जातिय मुक्ति , सहित राष्ट्रिय मुक्ति को खातिर जनताले वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको महान लक्ष्य गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी पाउनुपर्छ भनेर जनता आन्दोलन मा आर्लिएको र विगतको माओवादी आन्दोलनका नेतृत्व बाट समाजवादको गर्भ तुहाएपछि फेरि पनि माओवादी आन्दोलनको अधुरो कार्यभार सहित जनताको सपना सहिदको सपना साकार पार्नको निमित्त नेपाल कम्युनिस्ट पार्टि पुनर्गठन भएको कुरा प्रष्ट पारे ।

उनले भने, ‘एकीकृत जनक्रान्ति मार्फत जनयुद्धको अधुरो कार्यभार पुरा गर्ने र देशमा दलाल पुँजीवादी राज्य व्यवस्था भएकै कारण आज देशमा कला साहित्य र विभिन्न प्रतिभा भएका देशका कर्णधार युवा विद्यार्थीहरुले देशमा कुनै पनि ठाउँ नपाएर विदेशीको गल्लीमा श्रम माग्नुपर्ने अवस्था यो जटिल अवस्था हो ।’

जबसम्म देशमा समाजवादी राज्य ब्यबस्था स्थापना हुदैन तबसम्म देशका युवाहरु लाई दलाल हरुले बेच्ने आफ्नो कुर्सी बचाउने देश र जनतालाई कङ्गाल बनाएर उत्तर साम्राज्यवादीहरु कहाँ देश बुझाउने कुरा साँचो र सत्य रहेको समेत भनाई राखेका थिए ।

खेलमा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रम समापन डोल्पा जिल्ला जनपरिषद अंकले गरेका थिए ।

उनले जसरी राष्ट्रिय स्वाधीनताको लाई पुर्खाले खुकुरीको भरमा टिकाएको देश दलालहरुले विभिन्न भ्रम सिर्जना गरेर देश साम्राज्यवादीहरु कहाँ बेच्न लागेको र राष्ट्रिय स्वाधीनता को खातिर सम्पुर्ण राष्ट्र प्रेमी नेपाली जनता एक भएर दलालहरुलाई गाउँगाउँ सहर सहर बाट निकाल्नु पर्ने अहिलेको अपरिहार्य आबश्यकता रहेको बताए ।

राष्ट्र निर्माणका लागि एकीकृत जनक्रान्ति को कार्यदिशा मा रहेर आम नागरिक युवा बिद्यार्थी हरुले संघर्ष गर्नुपर्ने लगायत राष्ट्र र राष्ट्रियताको बारेमा प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया