समृद्धिको यात्रामा नलगाड

सामान्य परिचय :
संघीयता कार्यान्वयनको सिलसिलामा वि. स. २०७३ सालमा नलगाड नगरपालिकाले आफ्नो आकार तय ग¥यो । साविक रग्दा भगवती, खगेनकोट, डाँडागाउ र लहँ गाविसलाई एकीकृत गरी यो पालिका निर्माण भएको छ । यस पालिकामा १३ वटा वडा रहेका छन् । नेपालको जनगणना २०६८ अनुसार २५ हजार ५ सय ९७ जनसंख्या रहेको छ भने जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५ हजार ४ सय २७ घरधुरी र २८ हजार ८ सय ५८ जनसख्या रहेको (विवादित)छ ।

आत्मनिर्भरताको लागि यो नगरपालिका हावापानीका हिसाबले अति उत्तम मानिन्छ । वार्षिक औसत तापक्रम द्दघड्ढअ देखि द्धण्ड्ढअ सम्म छ भने औसत बर्षा ज्ञडठठ मि.लि. पर्दछ । दक्षिण तर्फ ठुलो भेरी नदी, वीचमा बगेको नलगाड नदी र विभिन्न खोलानालाको साथै जलाधार अनि जलश्रोत एवं वनजन्य सम्पदा प्रर्याप्त भएको यो पालिकाको पुर्वमा डोल्पा जिल्लाको मुड्केचुला, उत्तरमा जाजरकोट जिल्लाको कुशे ५ र बारेकोट गाउँपालिका, दक्षिण ठुलीभेरी नदी र रुकुम जिल्लाको आठविसकोट नगरपालिका र पश्चिम जाजरकोट जिल्लाको भेरी नगरपालिकाको १ र २ नम्बर वडा पर्दछन् ।

चारैतिर डाँडाले घेरेको यो सुन्दर वस्तीको वीच भाग खुल्ला रहेको छ । यस नगरको स्वच्छ हावापानीको कारण मानव बसोबास गर्न अति योग्य छ । यहाँको जम्मा क्षेत्रफल ३८ हजार ७ सय ४४.३७ छ भने खेती योग्य जमिन ३ हजार ४ सय ४०.३ र हाल खेती गरिएको जमिन २ हजार ७ सय ५६.६४ छ । यस क्षेत्रमा काम गर्नको लागि ३५ वटा सहकारी, कृषि र पशुपंक्षी सँग सम्बन्धित समुह, २ सय ६५ रहेका छन् भने १ सय ८७ वटा निजी फार्म छन् ।

यहाँको मुख्य पेशा कृषि र पशुपंक्षीपालन हो । आजभोली मौरीपालन तरकारी फलफुल खेती तिर केही व्यवसायिक विकास भएको छ । यहाँ जलाधार क्षेत्र विविधता मुलक वन जंगल जमीन बहुमुल्य जडिबुटी जस्ता प्राकृतिक श्रोतको प्रचुर सम्भावना बोकेको यो नगर उपलब्ध साधन र श्रोतको परिचालनले मात्र पनि यहाँका मानिसमा आर्थिक सुधार ल्याउन सकिन्छ ।

विगत भन्दा संघीयता लागू भएपछि केही सुधार आएको छ । कृषि व्यवसायिक प्रर्दद्धन, कृषि तथा पशुपंक्षी विकास रणनीतिक योजना, नलगाड कृषि श्रोत व्यक्तिको विकास तथा परिचालन सम्वन्धी भकारो सुधार कार्यक्रम, सामुदायिक कृषि सेवा केन्द्र स्थापना हाटबजार व्यवस्थापन तथा सञ्चालन आदि ऐन र कार्यविधी बनाएर केही कार्य सञ्चालन भएका छन् भने स्थानीय सरकारले मौरीपालन, अलैची, सुन्तला, लसुन धान, कागती, मकै, आलु,तरकारी, फलफुल पकेटक्षेत्रमा विभाजन गरी कार्य सञ्चालन भएको छ ।

प्रत्येक वडामा नमुना वस्ती विकास गरी आत्मनिर्भर बनाउने प्रयास थालेको छ । हाल यस नगरपालिकामा कार्यरत संस्थाहरु नगर कृषि विकास क्षेत्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, राष्ट्रिय फलफुल विकास कार्यक्रम बहुक्षेत्रीय पोषण आयोजना, प्रयास परियोजना, लघुउद्यम विकास कार्यक्रम, लगायत प्रदेश र संघ सरकारका निकायहरु कार्यरत छन् । यहाँको श्रोत साधन र सम्भाव्यताका आधारमा दिगो एवं समावेशी विकासको लागि गुरु योजना बनाएर यहाँको मानवीय वातावरणीय श्रोत साधनलाई परिचालन गरी व्यापक सहकार्यताका साथ अघि बढन् सके गुणात्मक फट्को मार्ने निश्चित नै छ ।

राजनैतिक आन्दोलन र दलहरुको भुमिका
वि.स. २०३६ सालदेखी वहुदल र निर्दलमा विभाजित भई राजनीतिमा अग्रसरता लिएको यो बस्ती २०३८ साल देखि केही शिक्षक र विद्यार्थीहरुले शुरु गरेको संस्थागत राजनीतिले २०४६ को जनआन्दोलनलाई बुझ्न जो जहाँ छ त्यही सहभागी हुन सहज बनाएको थियो । वि.स. २०४६ पछि नेपालमा क्रियाशिल राजनैतिक दलहरु वीच यथास्थिति र अग्रगामी चेतना वीच घम्साघम्सी हुँदै आएको थियो ।

वि.स. २०५२ साल फागुन १ गते देखि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले निरकुश राजतन्त्रको अन्त्यगरी देशमा जनताको व्यवस्था स्थापना गर्न जनयुद्धको शंकघोष गरी अगाडी बढ्यो । १० वर्षे जनयुद्धको क्रममा त्याग तपस्या बलिदानीको सम्पुर्ण कोटाचुक्ता गर्दै राज्यपक्षबाट ७७ जना र विद्रोही पक्षबाट ८ जनाको ले ज्यान गुमाउनु परेको छ । सयौको संख्यामा घाइते अपांग जेलनेल सम्पतिको क्षति विस्तापित आदि द्वन्द पीडितको संख्या पनि उल्लेख्य रहेको छ ।

समाजवाद उन्मुख राज्य व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आधार मानिएको जनयुद्ध कै बेला भेरी कर्णाली राज्यको मोडेल जिल्लाको रुपमा अग्रनी भुमिका खेल्दै समृद्धिको अभियान थालेको यो वस्तीको आफ्नै इतिहास र भुमिका छ । व्यवस्था परिवर्तनमा सक्रिय भुमिका खेलेको यो बस्ती समृद्धिको अभियानमा खासै अगाडि बढ्न नसकेको पनि साँचो हो । यहाँको पुराना राजनीतिक दलमा राजनीति गर्ने पुरानै तरिका कायम छन् ।

केही मुठ्ठी भएर व्यक्ति सम्पन्न बन्ने र आम जनताको गरिवीमा राजनीति गर्ने अनि एक कठ्ठा चामल, एक पोका नुन र स– साना सहयोग त्यसैमा अत्याधिक प्रचार गर्दै सामदाम दण्ड भेद गरी चुनाव आफ्नो पोल्टामा पार्ने र शासन गर्ने प्रणाली कायम छ । यसै प्रणालीमा माओवादी उ नै सँग घुमिराखे विगतको योगदान प्राप्त उपलब्धी गुम्दै जाने र हामी त्यही फोहरी खेलबाट माथी नउठ्ने निश्चित छ । व्यवस्था परिवर्तनका लागि ठुल– ठुला जोखिम उठाउन तयार हुने योद्धाहरु समुदायहरु अब समृद्धिको अभियानमा लाम वद्द हुन जरुरी छ ।

अवको स्वच्छ प्रतिस्पर्धा आम जनताको जीवनस्तर उकास्न समृद्धिको अभियानमा कम्मर कस्न जरुरी भै सकेको छ । नेपाली जनक्रान्तिको उपलब्धीहरुको रक्षा र बाँकी कार्यभार पुरा गर्दै समाजबादको बाटोमा अघि बढ्न हाम्रो पार्टीको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनको मर्म लाई आत्म साथ गर्न जरुरी छ ।

केही समस्या
समाजको सचेत भनिने व्यक्तिहरुमा बुझाईमा एकरुपता नहुनु अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले योजना कार्यान्वयन प्रभावकारी नहुनु, बढ्दो जलबायु परिवर्तनले खेती प्रविधि तथा उत्पादनमा प्रत्यक्ष असर पुर्याउनु, कृषिलाई एक मर्यादित र सम्मानित पेशाको रुपमा नलिनु पढे लेखेकाले कृषि कर्म गर्नु हुन्न भन्ने गलत सोचको विकास हुनु, वस्तुको उत्पादन र खपत वीच ठूलो अन्तरविरोध हुनु, रोजगारीका लागि युवा पिँढी विदेश पलायन हुनु जसले काम गर्ने जनशक्तिको अभाब हुनु, कृषि कार्यका लागि प्राप्त रकम गैर कृषि क्षेत्रमा लगानी हुनु, सकारात्मक उत्पेरणाको अभाव हुनु ।

जमीनको भिरालो पन हुनु, पुरानै तरिकाले कृषि पेशा अगाल्नु, वित्तीय क्षेत्रको न्युनता हुनु, बजार नियम नहुनु, बजार बढी नफाखोर हुनु , उत्पादित बस्तुको बजार अनि बाहिरी बजार सम्म पहुँच नहुनु, उपयुक्त सुचना प्रविधि र ज्ञानको अभाब हुनु, पर्यटन विकासको योजना नहुनु घरेलु तथा साना उद्योगको विकास नहुनु, हावापानी उत्तम् हुदाँहुदै पनि उन्नत जातको व्यवसायिक पशु पालन नहुनु, कृषकमा व्यवसायिक इच्छा शक्ति नहुनु, केही गर्छु भन्नेलाई कृषि ऋण नहुनु र नीतिगत व्यवस्था भएपनि झन् जटिलो प्रक्रिया हुनु, हरेक सेवा सुबिधा निशुल्क प्राप्त गर्नुपर्छ भन्ने मनोभावना हुनु, व्यवसायिक रुपमा पशु विकास कार्यक्रम लागू नहुनु, जलवायु परिवर्तनका अनुकुलनको योजना नहुनु घाइते अपांग सहिद परिवार बेपत्ता परिवार र सम्पुर्ण द्वन्द पीडितको अवस्था कमजोर हुनु, नेपाल सरकारका ती नै तहको नीति तथा कार्यक्रम छ तर प्रभावकारी कार्यान्वयन नहुनु ।

भावी कार्ययोजना
नयाँ भु–उपयोग नीति सहित कृषि जन्य वस्तुहरुमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिमा जोड लगाउने कृषिमा आधारित साना ठुला उद्योग स्थापना गरी व्यापक रोजगारी सृजना गर्न सक्ने योजना तय गर्ने । यहाँका कृषकहरुलाई आधुनिक व्यवसाय उन्मुख मूल्य शृखंला आधारित कृषि प्रसार सेवामा पहुँच बढाउन विशेष पहल गरिनु गर्ने , अर्गानिक कृषि उत्पादनको प्रर्वद्धन विकास र कृषिलाई आधुनिकिरण गर्ने ।

अर्गानिक खेतीमा जोडिदै स्थानीय रैथाने बालिलाई प्रबर्द्धन गर्नुपर्ने । कृषि प्रविधि प्रवर्दन तथा प्रचार गर्न कृषक सिकाइ केन्द्र को स्थापना र विस्तार गर्ने कृषकको कृषि उपजहरुको सुनिश्चित गर्नको लागि कृषि हाटबजारको स्थापना गर्ने, नयाँ कृषि प्रणालीको साथै दक्ष जनशक्तिको अभावलाई परिपुर्ति गरिनुपर्ने, स्थानिय श्रोतसाधन सीप र क्षमताको पहिचान गरी त्यसको अधिक्तम प्रयोग गर्न सहयोग पुर्याउने, आवश्यकताको प्राथमिकता निर्धारण गरी वास्तविक आवश्यकता र जनताको चाहानामा आधारित कार्यक्रम सञ्चालन गर्न प्रगति अनुगमन प्रभाव मापन तथा भविष्यका लागि पुर्व तयारी गर्न समेत सहयोग पुर्याउने ।

आर्थिक रुपान्तरणमा नवीन सोच चिन्तन विश्लेषण प्रक्रियाको मार्ग प्रशस्त गर्न सहयोग पुर्याउने, सञ्चालित योजना तथा कार्यक्रमको समग्र प्रभावको लेखाजोखा गरी नयाँ सोच र विकासमा सहयोग पुर्याउने विभिन्न निकाय र व्यक्तिहरु सँग सम्बन्ध बढाउन अनि समन्वय र सहयोगको वातावरण बढाउन मदत गर्ने, किसानको घरमा भएको उत्पादित वस्तुको रेकर्ड संकलन खरिद संरक्षण स्टोर वजारिकरणको व्यवस्था मिलाउने, किसानलाई आबश्यक पर्ने मल बीउ दाना पानी उपचार औजार दक्ष प्राबिधिक लगायत हरेक आपूर्ति कार्य सस्तो सुलभ ग्यारेन्टीको साथ आपूर्ति गर्न बजार स्थापना गर्ने, प्रत्येक ठाउँमा किसानलाई पायक पर्ने गरि उत्पादित बस्तु संकल केन्द्र ।

चिस्यान केन्द्र, घुम्ती कृषि मेला र प्रर्दशनी मेलाको साथै बजार केन्द्रहरुमा सस्तो हाट बजारको ब्यवस्था मिलाउने, स्थानियरुपमा खपत नहुने समानको बाहिरी बजारको व्यवस्था मिलाउने, सम्भावित जोखिमबाट बच्ने उपायहरुको खोजी गर्ने त्यसको समाधान खोज्न सहयोग पुर्याउने, भु उपयोगिताको सिद्धान्त अनुसार बाँझो जमीनमा सामुहिक खेतीको अभ्यास गर्ने, विषादी युक्त बाह्य उत्पादनको आयात बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न जनचेतना र दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने, भुमीहिन विपन्न परिवारको पहिचान गरि आवश्यक पेशाको सुनिश्चित गर्ने , समान सोच राख्ने सहकारी समूह र निजी फार्म सँग समन्वय गरी सामुहिक कार्यक्रम बनाउन पहल गर्ने, नेपाल सरकारको ३ वटै तहको विभिन्न निकाय सँग समन्वय र सहकार्य गरी अनुदान लगायत अन्य सेवासुबिधाको पहल गर्ने, वित्तीय संस्था सँग समन्वय गर्ने ।

र सोही नीति विधि अनुसार ऋण प्रवाह गर्न सहजीकरण गर्ने साना र मझौला उघोगहरुको स्थापना गर्न पहल गर्ने र स्थानीय उत्पादनको प्रचार गरी खपत गर्न सहज गर्ने, पर्यटन क्षेत्रको विकास गर्न नमुना उत्पादन केन्द्र अर्गानिक होमस्ट्रे, होटेल नमुना बजार, पार्क नमुना कृषि वन भ्युटावर, मठमन्दिर नमुना, पशुपालन ताल तलैया आदिको विकास गर्ने, खनिजको पहिचान र व्यवस्थित उत्खलनको व्यवस्था मिलाउने, बहुमुल्य जडिबुटीको पहिचान संरक्षण उत्पादन संकलन र प्रशोधनको व्यवस्था मिलाई बजारीकरण गर्ने, हरियो बन नेपालको धन भन्ने नेपाली भनाइलाई आत्मसाथ गर्दै वन विनाश र उपयोगिताको सिद्धान्तलाई लागू गर्ने, दक्ष जनशक्तिलाई गोलबन्ध गरी आवश्यक सल्लाह सहित विभिन्न योजना बनाई योजनाबद्ध परिचालन हुने ।

कार्यान्वयनको विधी
माथी उल्लेखित भावी कार्ययोजनालाई कार्यान्वयन गर्न नगर कमिटीमा निर्माण भएका विभाग मध्य कृषि पशुपालन, वन वातावरण, पर्यटन, कला सांस्कृतिक, उद्योग खानी, आदि विभागीय प्रमुखहरु पदेना सदस्य, आवद्ध हुन सक्ने सहकारी समूह उत्कृष्ट नीजि फार्म, विभिन्न विषगत विज्ञ समावेश गरी एक उच्च स्तरिय समिति बनाउने, आवश्यक उप –समिति र विभागहरु गठन गरी कार्य सञ्चालन गर्ने, उच्च स्तरिय सल्लाहकार समिती गठन गर्ने, भावी कार्ययोजना लाई कार्यान्वयन गर्ने योजनालाई प्रथामिकताको आधारमा वर्गीकरण गरी तत्कालिन अल्पकालिन र दीर्घकालीन गरी कार्य सञ्चालन गरिने छ ।

योजना कार्यान्वयन गर्न सम्पुर्ण पार्टी सदस्यलाई अनुशासनको रुपमा लिन पाठ सिकाईने छ । नगर कमिटी टोल कमिटी सेल कमिटीको कार्य विभाजन गरी उत्पादनको योजनामा लगाइने र आम उत्पादकहरुलाई विश्वस्त तुल्याउन प्रतिबद्धता गरिने छ ।

लेखक : शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

तपाईको प्रतिक्रिया