
जाजरकोट । झट्ट हेर्दा यो कुनै व्यक्तिको शवलाई दाहसंस्कारका लागि आर्यघाटमा लगिदैछ । तर त्यो साँचो होइन् । अमेरिकाले नेपाललाई दिने सहयोग अनुदान एमसीसी पास गर्न खोज्ने नेताहरुलाई यसरी आर्यघाट पु¥याउनुपर्छ भन्दै नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) जाजरकोटले निर्माण गरेको दृश्य हो । बुधबार एमसीसीको विरोधमा नेकपा (विप्लव) जाजरकोटले जिल्लाभरी प्रर्दशन गरेको छ ।

विप्लव सहित ६ राजनीतिक दलले नेपाल बन्दको घोषणा गरेका थिए । बन्दको प्रभाव जाजरकोटमा निकै देखियो । स्कुल, कलेज, बजार र यातायात सेवा सबै ठप्प देखिन्छन् । एमसीसी राष्ट्रघाती छ भन्दै नेकपा ( विप्लव) जाजरकोटले प्रर्दशन गरिरहेको छ ।

बुधबार नलगाड नगरपालिकामा प्रर्दशन गरी एमसीसी पास गर्न खोज्ने दलालहरुको पुत्लादहन तथा दाहसंस्कार गरिएको नेकपा ( विप्लव) भेरी नगर कमिटी सचिव प्रखरले जानकारी दिए । सरकारले बुधबार एमसीसी संसदमा टेवल गर्ने भनेपछि देशभर एमसीसीको विरोध प्रर्दशन भईरहेको छ । तर संसद वैठक ५ मिनेटपछि स्थगित भएको थियो ।
















































। ४ फाल्गुन २०७८, बुधबार